काठमाडौं, १३ जेठ । भूकम्पले ध्वस्त बनेको क्रिकेटको भौतिक पूर्वाधार निमार्णमा सहयोग गर्ने उद्देश्यले नेपाल र विश्व–११ टिमबीचको मैत्रीपूर्ण खेल अगस्टमा हुने भएको छ। श्रीलंकन क्रिकेट हस्ती सनथ जयसूर्याले समेत खेल्ने ‘ब्याट फर नेपाल’ उपकारी क्रिकेट मलेसियामा हुनेछ। नेपाल क्रिकेट संघ(क्यान) सिइओ भावना घिमिरे र मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्द्रा भालिपुरमले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे।उपकारी क्रिकेटबाट उठेको रकम सोझै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने सम्झौतामा उल्लेख छ। कोषबाट क्रिकेट संघमार्फत दुई वर्षभित्र क्रिकेट मैदान पुनःनिर्माण गरिने क्यानले जनाएको छ।
मलेसियन क्रिकेट संघका अध्यक्ष भालिपुरमले नेपाललाई सहयोगका लागि क्रिकेट गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘संकटका बेला हामी नेपाली जनता र क्रिकेटसँग सहकार्य चाहन्छौं। हामीले सम्झौता इमेल वा फोनबाट पनि गर्न सक्थ्यौं। तर नेपाललाई अहिले सहयोगको खाँचोको अवस्थामा हामीले सक्दो सहयोग गर्ने कोसिस गर्नुपर्छ। कप्तान पारस खड्काले यसअघि नै राहत संकलन सुरुआत गरेर ज्यादै प्रशंसनीय काम गरेका छन्।’
क्यान सिइओ घिमिरेले मलेसिया र नेपालबीच भविष्यमा क्रिकेट विकास लागि अन्य थुप्रै सहकार्य हुन सक्ने बताइन्।
उमेर समूह र सिनियर टोलीबीच भविष्यमा मैत्री खेलले दुवै देशको क्रिकेट स्तर विकासमा सहयोग पुर्या्उने घिमिरेले बताएकी छन्। विश्व–११ टोलीबाट जयसूर्याले खेल्न तयार रहेको अघिल्लो साता नै टि्वटरमार्फत जनाएका थिए ।

प्रतिक्रिया