काठमाडौं, १३ जेठ । भूकम्प गएको महिना दिन बितिसक्दा पनि सरकारले पीडितको सही तथ्यांक संकलन नगर्दा राहत वितरणमा समस्या भएको छ ।
गलत तथ्यांकका कारण राहत वितरणमा अनियमितता भएको सरकारले नै स्वीकार गरेको नागरिक दैनिकले छापेको छ ।
‘सगोलमा रहेका परिवारका सदस्य पनि राहत वितरणका बेला अलग–अलग बताउँछन्,’ अर्थमन्त्री रामशरण महतले संसद्को विशेष समितिमा मंगलबार भने,‘पहिले ५ हजार वितरण गर्दा गलत तथ्यांकका कारण दुरुपयोग भयो । अहिले गाविस सचिवको भर पर्ने अवस्था छ ।’
मन्त्री महतले सही तथ्यांक संकलन र भूकम्पपीडितको परिचयपत्रका लागि अहिले पनि ४–५ सय कर्मचारी खटिएको जानकारी दिए ।
सकारले तत्काल दिने भनेको १५ हजार रुपैयाँ बाँड्न पनि सही तथ्यांक नहुँदा समस्या परेको उनको भनाइ छ ।















प्रतिक्रिया