३ कार्तिक २०८३, मंगलबार

जहाँ कांग्रेसको घर एमालेका कार्यकर्ताले बनाइदिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sindhupalchok7सिन्धुपाल्चोक, १३ जेठ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा पर्ने सिसापोखरे गाउँ विकास समितिका कांग्रेस सभापति इच्छाराम दंगालको भूकम्पले भत्काएको घर एमाले स्वयंसेवकले बनाइदिएका छन् ।

विनासकारी भूकम्पबाट घर गुमाएका दंगाल प्रतिष्पर्धी पार्टी एमालेले खटाएको स्वयंसेवक टोलीले घर बनाइदिएपछि भावुक भएको राजधानी दैनिकले छापेको छ ।

आफ्नो घर बनाइदिएकोमा भन्दा पनि सदैव एकअर्कामा प्रतिष्पर्धी पार्टी भए पनि विना भेदभाव एमाले टोलीले आफ्नालागि टहरा बनाएकोमा उनी प्रसन्न देखिए ।

सिन्धुपाल्चोक९२ मा खटिएको एमाले केन्द्रीय सदस्य खेममान खड्का नेतृत्वको राप्ती अञ्चलको टोलीले दुई दिनमा १० वटा घर टहरा मर्मत गर्नुका साथै १५ वटा नयाँ घर टहरा निर्माण गरेको छ ।