३ कार्तिक २०८३, मंगलबार

शिवम् सिमेन्टले गर्दा चार गाविस उच्च जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shivam-cementकाठमाडौं, १३ जेठ । मकवानपुरको हटियास्थित शिवम् सिमेन्ट उद्योगका कारण स्थानीय चार गाविसका सर्वसाधारण उच्च जोखिममा परेका छन्।

उनीहरू विस्थापित हुने अवस्थामा पुगेको संसद्को एक समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। मकवानपुरका सुकौरा, गढी, बुढीचौर र आमभन्ज्याङ गाविसका सर्वसाधारण उक्त उद्योगको खानीका कारण उच्च जोखिममा छन्।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिले गरेको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनले शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीसाथै त्यहाँबाट उत्सर्जन हुने विभिन्न हानिकारक तत्त्वबाट स्थानीय बासिन्दा उच्च जोखिममा रहेको उल्लेख गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।