२९ आश्विन २०८३, बिहिबार

एभरेष्ट होटलमा रातो स्टिकर, तत्काल खाली गर्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

everest-hotel
काठमाडौं, १२ जेठ । भूकम्पपछि पनि निरन्तर सञ्चालनमा रहेको नयाँ बानेश्वर स्थित पाँच तारे एभरेष्ट होटलमा सरकारले मंगलबार रातो स्टिकर टाँसेको छ ।

१२ गतेको भूकम्प पश्चात हरियो स्टिकर टाँसे पनि मंगलबार सरकारी अनुगमन टोलीको होटल अनुगमनपछि रातो स्टिकर टाँसिएको हो । टोलीले उक्त होटल तत्काल खाली गर्न समेत निर्देशन दिएको छ ।

२९ गतेको भूकम्पले होटलका तीन वटा मूख्य पिलरमा ठूलो क्षति पुगेकाले मर्मत नगरी होटलमा बस्न नमिल्ने टोलीले जनाएको छ । भूकम्पले होटलमा धेरै क्षति पुर्‍याएकाले रातो स्टिकर टाँस्नमा ढिलाई भएको समेत टोलीको भनाई छ ।

भूकम्पपछि पनि होटलमा नियमित कार्यक्रमहरु हुँदै आएका थिए । अहिले होटलमा केही विदेशी पर्यटकहरु बसिरहेका छन् ।