३० आश्विन २०८३, शुक्रबार

बागलुङमा सौन्दर्यकला व्यवसाय फस्टाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beautyparlar– रबिना बोहरा
बागलुङ, १२ जेठ । बागलुङ बजार लगायतका क्षेत्रमा दिनप्रति दिन सौन्दर्यकला व्यवसाय फस्टाउदै गएको छ । व्यवसाय फस्टाउदै गएपछि आम्दानी राम्रो भएकाले एक वर्षको अबधिमा नै दोब्बर व्युटी पार्लर खुलेका छन् ।

गत बर्षसम्म २० वटा व्युटी पार्लर रहेको बाग्लुङ बजारमा यस बर्ष ५० भन्दा वढी व्युटी पार्लर र ३ वटा हेन्डसम पार्लरहरु सञ्चालनमा छन् । व्युटी पार्लरका ग्राहक एकाएक बढेकाले यो व्यवसाय गर्नेको सँख्यामा एक्कासी बृद्धि भएको सौन्दर्यकला संघ बाग्लुङकी अध्यक्ष सोमना शाक्य बताउनुभयो । थोरै लगानीमा धेरै फाईदा हुने भएकोले पनि महिलाहरु यो व्यवसाय चलाउन उत्सुक रहेको उहाँको भनाई थियो ।

बजारमा मात्र नभई ग्रामिण क्षेत्रका महिलापनि पार्लरप्रति आकर्षित भएपछि यो व्यवसाय फस्टाएका छन् । ज्याला मजदुरी गरेर गुजारा चलाउने न्युन आम्दानी भएकादेखी घर घरानाका महिला पुरुष हरुपनि पार्लर धाउनु अनिवार्य जस्तै भएको शाक्यको भनाई छ ।

न्युनतम ५० हजार देखी १ लाख सम्ममा व्यवसाय सुरु गर्न सकिने भएकोले महिलालाई रोजगारी पनि मिलेको भन्दै उहाँले बागलुङमा पार्लरबाट करिब दस दर्जन महिलाले रोजगारी पाएको बताउनुभयो । पार्लर व्यवसायमा न्युनतम १५ देखि अधिकतम ५० हजारसम्म नाफा हुने पार्लर व्यवसायीहरुको भनाई छ ।

यस्तै थ्रेर्डिङ ,फेसियल, हाइलाईट, जुरो, कलरिङ र स्टेट गर्नको लागि ग्राहक हरु बढी आउने गरेको व्यवसायीहरुले बताएका छन् ।