
काठमाडौं । प्रकृतिका जनावरमध्ये सिंहलाई राजा मानिन्छ । झन जंगलमा उसको पुरै एकछत्र राज हुन्छ ।
तर केन्यामा शेरको बहादुरीलाई भैँसीले परास्त गरेका छन् । केन्यामा जंगली भैंसीले घेरेपछि जंगलको राजा सिंह भागेर रुखमा चढेको समाचार एजेन्सीले जनाएका छन् । खबर अनुसार भैंसीले नवजात बच्चाको ज्यान बचाउन सिहंमाथि हमला गरेका हुन् । सिहंले भैँसीको नवजात बच्चाको सिकार गर्न खोजिरहेको थियो ।
तर समूहमा आएका भैंसीको हुलले लखेटेपछि सिंह भागेर रुखमा चढेको हो । त्यो बेला पनि रुखलाई भैसीले घेरेर छाडेनन् । तस्वीरमा पनि भैँसीले घेरेको र सिंह रुखमा चढेको देखिएको छ ।
केन्याको मासाई मारा रिजर्वमा सिंह डराएर रुखमा चढेको तस्वीर पत्नीका साथ जंगलमा घुम्न गएका सेना के पूर्व अफिसर चाल्र्स कोमिनले खिचेका हुन् । यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एजेन्सी


















प्रतिक्रिया