१६ कार्तिक २०८३, सोमबार

ओखलढुंगामा एमालेका एक हजार घर र एक सय विद्यालय (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-okhaldhunga (6)

– शिव ढुंगाना
ओखलढुंगा, १२ जेठ । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको ओखलढुंगामा घरबार विहिन बनेका ओखलढुंगाका सर्वसाधारणलाई सहयोग गर्न नेकपा एमालेको स्वयंसेवी अभियान सुरु भएको छ ।

भूकम्पले घरवार विहिन बनेका स्थानीयलाई टहरा निर्माण तथा ध्वस्त विद्यालयमा अस्थायी कक्षा कोठा निर्माण गर्न प्राविधिकसहितको सात टोली खटाएर एमालेले अभियान सुरु गरेको हो ।

स्वयंसेवी टोलीलाई सदरमुकाम ओखलढुंगाबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासीले सपथ खुवाएर विदाई गर्नुभयो । उदयपुर जिल्लाबाट एमाले केन्द्रिय सदस्य बलदेव चौधरी सहित ६० जना स्वयं सेवक ओखलढुंगा आएका छन् भने ओखलढुंगाका युवा तथा विद्यार्थीसहित एक सय ६० स्वयंसेवकहरु अस्थायी टहरा तथा विद्यालय निर्माणको काममा खटिएका छन् ।

uml-okhaldhunga (3)

निर्वाचन क्षेत्र नं. १ को टोलीले विभिन्न उप समुह बनाएर पात्लेको जेसे र क्षेत्र नं. को कटुञ्जेको ककनी गाउँबाट अस्थायी टहरा निर्माण, पुरिएका खाद्यान्न तथा घरायसी सामग्रीको सुरक्षाको काम आजैबाट थाल्ने नेकपा एमाले ओखलढुंगाका ईञ्चार्ज तथा सभाषद् यज्ञराज सुनुवारले बताउनुभयो ।

स्वयंसेवी टोलीको कमाण्ड क्षेत्र नं. २ मा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासी र क्षेत्र नं. १ मा पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले सम्हाल्नु भएको छ । अन्य उप टोलीमा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत र सचिव परमेश्वर घिमिरेले अगुवाइ गर्ने गरि जिम्मेवारी तोकिएको छ ।

युवा तथा विद्यार्थीको टोलीले हर्कपुर गाविसबाट विद्यालयका अस्थायी कक्षा कोठा निर्माणको काम थाल्ने छ । विद्यार्थीको टोली नेता अनेरास्यवियुका केन्द्रिय सदस्य गिरेन्द्र राईले गर्नुभएको छ । सबै टोलीमा मेडिकल टिम, प्राविधिक र निमार्ण उपकरण समेत पार्टीले नै व्यवस्था गरेको र स्वयंसेवकले खाना र बस्ने व्यवस्था समेत आफैले व्यवस्था गर्ने, सरकार तथा जनताको घरमा नखाने कार्यविधी रहेको एमाले पोलिटव्यूरो सदस्य तथा क्षेत्र नं. १ बा टोली कमाण्डर जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

uml-okhaldhunga (4)

एमालेले टारकेरावारी गाविसबाट छुट्टै १ सय ५० र स्थानीय पार्टी कमिटी, जन संगनठन समेत परिचालन गरेर एक हजार स्वयंसेवक एक हप्ताभित्र परिचालन गर्ने जनाएको छ ।

एक महिने कार्यअवधि रहेको सो टोलीले जिल्लामा घरबार विहिन हरुका लागि एक हजार टहरा र १ सय विद्यालयमा अस्थायी कक्षा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । एमाले जिल्लामा स्वयंसेवक औपचारिक रुपमा परिचालन गरेर अभियान चलाउने पहिलो पार्टी हो । अन्य पार्टीहरुले पनि अभियानको तयारी गरिरहेका छन् ।

uml-okhaldhunga (1) uml-okhaldhunga (2)   uml-okhaldhunga (5)  uml-okhaldhunga (7) uml-okhaldhunga (8)