काठमाडौं, १२ जेठ । गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पपछि धादिङमा खटाईएका नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल चार दिनमै फर्किएका छन् ।
नेपाल प्रहरीको भरतपुर तालिम केन्द्र चितवनको जिम्मेवारी सम्हाल्दै आएका एसएसपी खरेललाई प्रहरी प्रधान कार्यालयले भूकम्प प्रभावित जिल्ला धादिङमा उद्दार तथा राहतका केही दिनका लागि खटाएको थियो ।
प्रधान कार्यालयले एक हप्ताको समय तोकेपनि एसएसपी खरेल चारदिनमै फर्किएका हुन् । धादिङ उद्दार र राहतको काम फटाफट सकिएकाले चार दिनमै चितवन फर्किएको एसएसपी खरेलले बताए ।
खरेलसँगै प्रभावित जिल्लामा प्रहरी प्रधान कार्यालयले एक/एक जना एसएसपीलाई नेतृत्व लिने गरी खटाएको थियो । उनले भूकम्प पीडितको अवस्था ज्यादै दयनिय रहेको भन्दै राहतका लागि गास, बास प्रमुख आवश्यकता भएको समेत बताए ।















प्रतिक्रिया