सोल, दक्षिण कोरिया । बिगत लामो समयदेखि दक्षिण कोरियामा सक्रिय रहेको बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाले रसुवामा तीन लाख बरावरको राहत सामग्री वितरण गरेको छ ।
उक्त राहत रकम रसुवाको भोर्ले, पहरे पौवा, धाईबुङ र बृछिम गाविसमा वितरण गरिएको हो । संस्थाका प्रतिनिधिहरु चुडामणि छन्त्याल र वालकुमार शेरचनको उपस्थितिमा राहत स्वरुप जिन्सी र खाद्य सामाग्री वितरण गरिएको हो ।
‘दुःखेको देशमा मल्हम लगाऔँ, रोएको देशको आसु पुछौँ’ भन्ने नाराका साथ समितिले नेपालका भूकम्प पीडितको लागि ५ लाख राहत रकम संकलन गरेको थियो । संकलित बाँकी दुइ लाख बागलुङका भूकम्प पीडितलाई सहयोग गर्ने समितिका अध्यक्ष याम श्रीसले बताए ।
कोरियामा रहेर नेपालका भूकम्प पीडितका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई बागलुङ सम्पर्क समितिले धन्यवाद ज्ञापन गरेको छ ।

















प्रतिक्रिया