
काठमाडौं, १२ जेठ । वैशाख २९ को भूकम्पका घाइतेको उद्दार गर्न गएको अमेरिकी सेनाको हेलिकप्टर तीन दिनपछि टुक्रा–टुक्रा अवस्थामा भेटियो । तीन दिनसम्म हेलिकप्टर वेपत्ता हुनुलाई धेरैले आश्चर्यका साथ लिए ।
नेपालको हिमाली क्षेत्रमा त्योभन्दा ठूलो आश्चर्यजनक अर्को एउटा हेलिकप्टर हराएको छ, जुन हालसम्म पत्ता लागेको छैन । वि.सं. २०५९ सालमा लाङटाङ क्षेत्रमा हराएको एउटा हेलिकप्टर अझै भेटिएको छैन् ।
केही महिनापछि खोजी नै बन्द भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी बताउँछन् । हिमाल आरोहणमा गएका स्पेनिस पर्यटकलाई लिन गएको एसियन एयरलाइन्सको हेलिकप्टर १३ वर्ष बित्दा पनि फेला पर्न सकेको छैन ।
हेलिकप्टरमा सवार सबैको मृत्यु भइसकेको जनाइएको छ । हेलिकप्टर लुक्लाबाट लाङटाङ उडेको थियो । तर, कहाँ गयो र के भयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । पाइलटसहित हेलिकप्टरमा नौ जना थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया