३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले कथित डनलाई किन लगाइदिए जिम्मेवारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumar-ghaiteकाठमाडौ, १२ जेठ । भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरुले डनहरुलाई पनि प्राथमिकता दिन थालेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैंटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

कांग्रेसको खेलकूद विभागले बनाएको स्वयंसेवक टोलीमा घैंटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्रायः गुण्डागर्दी पृष्ठभूमिका ब्यक्ति छन् ।

टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् । घैंटेसहितका समूहलाई प्रधानमन्त्री कोइराला आफैले बिदाइ गरेपछि प्रहरी अधिकारीहरु अचम्ममा परेका छन् ।

उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनिखेलमा राहत तथा पुनर्स्थापनाको काम गरेको थियो ।

प्रहरीले पक्राउ गर्ने डरले विदेश भागेको घैंटे भूकम्पपछि नेताहरुको संरक्षणमा फर्किएर सक्रिय भएका हुन् ।

गुण्डाहरुलाई दलहरुले आश्रय दिन थालेपछि प्रहरी अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

कुमार घैंटेमात्र होइन, डन भनेर चिनिएकाहरु यतिबेला राहतको नाममा आफ्नो प्रभाव बढाउनेतर्फ केन्द्रित भएका छन् ।