३ कार्तिक २०८३, मंगलबार

सरकार मलेसियामा निःशुल्क पठाउन खोज्ने, दलालहरूले नमान्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiyaकाठमाडौं, १२ जेठ । नेपाली कामदारलाई बिनाशुल्क मलेसिया पठाउने सरकारी तयारीविरूद्ध केही ठूला म्यानपावर व्यवसायी लबिङ थालेका छन् ।

कामदार कोटा कसले धेरै ल्याउने भन्ने होडमा अवैध बाटो हुँदै मलेसिया पठाएको अढाई अर्ब कमिसन रकम डुब्ने देखिएपछि उनीहरू सरकारी तयारी विरूद्ध उभिएका हुन् ।

सरकारले भिसा र टिकटका लागि पैसा लिने म्यानपावरलाई मलेसिया कामदार पठाउन रोक्ने तयारी गरेपछि व्यवसायी आफैं अवैध बाटोबाट पैसा पठाइरहेको विषयमा बोल्न बाध्य भएका हुन्।

‘कोटा कमिसनबापत गैरकानुनी बाटो हुँदै मलेसिया पठाइरहेका थियौं,’ भनेर हाकाहाकी भनिरहेका व्यवसायी त्यही पैसा खेर जाने तर्क गर्दै सरकारले गर्न खोजेको निशुल्क भिसा र टिकटसम्बन्धी निर्णयनै रोक्न उच्च तहमा लबिङ गरिरहेको नागरिक दैनिकले छापेको छ ।