१६ कार्तिक २०८३, सोमबार

अब लडाकु शिविरमा भूकम्प पीडित बस्छन् : ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पबाट घरबार बिहीन भएकाहरुलाई खाली रहेको मओवादी पूर्व लडाकुको शिविरमा राख्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले शिविरका संरचना त्यत्तिकै थन्किएकाले भूकम्प पीडितको पुर्नवासको लागि शिविरलाई उपयोग गर्नुपर्ने बताउनुभएको हो ।

भूकम्प पछिको अवस्था बुझ्न दोलखा पुगेका अध्यक्ष ओलीले भने, ‘लडाकु समायोजनपछि २८ वटा शिविर सरकारकै नियन्त्रणमा छन् । संरचना तथा सुरक्षा सबै हिसाबले भूकम्प पीडितको पुर्नवासका लागि लडाकु शिविर उपयुक्त गन्तव्य हुन्छ ।’

ओलीले घरवालालाई मात्र नभएर डेरावालाहरुलाई पनि सकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताएका छन् ।