– अनिल खत्री
गुल्मी जेठ ११ । गत बैसाख १२ गते आएको बिनासकारी भुकम्पले गुल्मीका सयौं घरधुरीमा क्षेती भएसगै जिल्लामा बिभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन । जिल्लाबाट बिभिन्न स्थानमा बसोबाँस गदै आएका बिभिन्न संघ संस्थाहरुले जिल्लाका भुकम्प पिडीतलाई सहयोग गर्ने क्रम चलिरहेको छ ।
स्थानिय स्तरमा गुल्मीउद्योग वाणिज्य संघको संयोजनमा यहाँका सवै राजनैतिकदल, सामाजिक संघ संस्था, होटल व्यवसायी, यातयातव्यवसायी महिला समुह र पत्रकारहरु सहित गठित राहत संकलन समितिलाई सोमबार एक कार्यक्रमको बिच गुल्मी चितवन मैत्री समाजले रु एक लाख नगद प्रदान गरेको छ । समाजले स्थानिय बिपत व्यावस्थापन समितिका संयोजक गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेयलाई हस्तातरण गरेको हो ।
रकम बुझदै स्थानीय बिपत व्यावस्थापन समितिका संयोजक गुल्मी उद्योग वाणिज्य संघ उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेले जिल्लाबाट अनेत्र रहेर पनी जिल्ला वासीको सुख दुख सहयोग गर्नु भएकोमा समाजलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा गुल्मी चितवन मैत्री समाज अध्यक्ष एम बहादुर बिकले भूकम्पले जिल्ला वासीलाई पुर्याएको क्षतिमा सानो सहयोगले मलम लगाउने प्रयास स्वरुप गुल्मी जिल्लाबाट चितवनमा बस्दै आएका बिभिन्न ब्यक्तीहरुको सहयोग रकम संकलन गरेर ल्याएको बताए ।
कार्यक्रममा जिल्ला प्रसासन कार्यलय गुल्मीका साहय प्रमुख जिल्ला अधिकारी बलराम अर्याल,जिविस गुल्मीका योजना अधिकृत भक्तीराम मरासिनी,पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे पत्रकार महासंघ गुल्मीका कोषध्यक्ष अनिल खत्री, गुल्मी चितवन मैत्री समाजका सचिव दिपक ढकाल सहित बिभिन्न सदस्यहरुको सहभागिता रहेको थियो ।
भूकम्पका कारण गुल्मीमा २१ सय सयभन्दा बढि घर पुर्ण रुपमा क्षतिभएको र करिव ३१ सय घर आंशिक क्षतिभएको पछिल्लो विवरणले देखाएको छ । घरबाट विस्थापित सयौं जना त्रिपालमा बस्न बाध्य भएका छन् ।
















प्रतिक्रिया