२९ आश्विन २०८३, बिहिबार

पूर्व प्रधानमन्त्रीलाई भ्रष्टाचारमा जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail

जेरुसेलम, ११ जेठ । इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्टलाई भ्रष्टाचारमा दोषी ठहर गरिएको छ । उहाँलाई इजरायलको एक अदालतले भ्रष्टाचारमा दोषी ठहराएको हो ।

सोमबार एक जिल्ला अदालतले उहाँलाई आठ महिनाको जेल सजाय तोकेको एक समाचारमा जानकारी दिइएको छ ।

गएको मार्च महिना उहाँविरुद्ध सो अदालतमा भ्रष्टाचारमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामाथि भएको सुुनुवाइपछि आज सो अजाय सुनाइएको बताइएको छ ।

एहुद अल्मर्टले इजरायलमा सन् २००६ देखि २००९ सम्म प्रधानमन्त्रीका रुपमा काम गर्नुभएको थियो । उहाँ पदमा रहेको बेला भएको भनिएको एक भ्रष्टाचार मुद्दामा उहाँमाथि अनुसन्धान सुरु भएको थियो ।

उहाँले अपिल गर्नुहुने भएको छ । यो जिल्ला अदालतको फैसला भएकोले उहाँले इजरायलको उच्च अदालतमा अपिल गर्नुहुने भएको हो ।

उहाँका वकिलले पूर्व प्रधानमन्त्री अल्मर्टले अपिल गर्नुहुने जानकारी दिनुभएको छ । उहाँलाई यसअघि पनि उक्त भ्रष्टाचारको मुद्दामा दोषी पाइएको भनी दिइएको फैसलाका विरुद्धमा पनि उहाँले अपिल गर्नुभएको थियो । रासस/एएफपी