२९ आश्विन २०८३, बिहिबार

नेपाल अमेरिका पत्रकार सङ्घको वार्षिक साधारणसभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neja 1

– विजय थापा

वाशिंगटन डिसी । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौ वार्षिक साधारण सभा अमेरिकाको कोलोराडोको डेनभरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

दुई दिने उक्त साधारण सभाको लागि अमेरिकाका बिभिन्न शहरमा बिद्युतीय पत्रिका तथा छापा पत्रकारिता मार्फत सामाजिक सचेतनामा सदैव खबरदारी गरि रहने संचार माध्यमका प्रतिनिधिहरुको सहभागिता थियो ।

उक्त कार्यक्रममा डेनभर सेरोफेरोका स्थानीय व्यवसायी सङ्घ संस्थाका प्रतिनिधि तथा अतिथिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

उक्त साधारण सभाको बन्द सत्रमा वार्षिक सांगठनिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुको साथै विधान संशोधनका बिषयमा चर्चा तथा छलफल गरिएको थियो ।

neja 2

नेपालमा गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाएका प्रति भावपूर्ण श्रदान्जली व्यक्त गर्दै समुद्घाटन कार्यक्रममा मौन धारण गरिएको थियो भने अमेरिकाका लागि नेपालका नवनियुक्त राजदूत डा अर्जुन कार्कीले पानसमा बत्ति बाली साधारण सभाको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख आतिथ्यको मन्तब्य राख्दै डा कार्कीले नेजालाई धन्यबाद दिदै नेपालमा गएको महा भूकम्पको बारेमा नेपाल सरकारले गरेको काम र बिश्वबाट भएको सहयोग बारेमा चर्चा गर्नु भएको थियो ।

neja

अमेरिका भ्रमणमा रहनु भएका वरिष्ठ पत्रकार युवराज घिमिरे, नेपाल सरकारका अवैतनिक वाणिज्यदूत ऋषी ढकाल, गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाका नव निर्वाचित अध्यक्ष डा. केशव पौडेल, एशोसियएन अफ नेपलिज इन द अमेरिकाज (एनएनए) अध्यक्ष रोजर अधिकारी, अनेसास केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा तथा बिभिन्न स्थानीय संघ संस्थाका प्रतिनिधिहरु रहेको थियो ।

कार्यक्रमको सभापतित्व नेजाका अध्यक्ष गौतम दाहालले गरेका थिए भने नेजा कार्य समितिका सदस्य शैलेश पोखरेल संयोजक रहेका थिए । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको वृहत्तर हितका लागि स्थापना काल देखि नै नेजा सक्रिय रुपमा काम गर्दै आएको छ ।