३ कार्तिक २०८३, मंगलबार

शिक्षण अस्पताल आर्थिक संकटमा, वैशाखको तलव पाएनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teaching Hospital TUकाठमाडौं, ११ जेठ । भूकम्पका कारण शिक्षा अस्पताल महाराजगंज आर्थिक संकटमा परेको छ ।

यसले गर्दा स्वास्थ्थकर्मी, कर्मचारीले वैशाखको तलव पाएका छैनन् ।

महाभूकम्पपछि अस्पतालमा आएका अधिकांश बिरामीलाई निशुल्क शल्यक्रिया र औषधि उपचार गर्नुपर्दा अस्पतालको आन्तरिक स्रोतबाट हुने आम्दानी शून्य भएको कान्तिपुर दैनिकले छापेको छ ।

‘जसका कारण समयमै तलव खुवाउन नसकेका हौं’, अस्पताल कार्यकारी निर्देशक डाक्टर दीपक महराले भने, ‘सरकारसँग रकम माग गरिरहेका छौं ।’