३ कार्तिक २०८३, मंगलबार

सिंगटीबाट हेलिकप्टर चढाइएका पाँच घाइते खोइ काहाँ छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । वैशाख २९ को भूकम्पपछि दोलखाको सिंगटीबाट हेलिकप्टर चढाइएका ५ घाइते अझै बेपत्ता छन् ।

उपचारका लागि हेलिकप्टर चढाएको १३ दिनसम्म पनि काठमाडोंका कुनै अस्पतालमा ती घाइते नभेटिएपछि उनीहरु दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै थिए कि भन्ने आशंका बढेको कान्तिपुर दैनिकले छापेको छ ।

चढेको समय, हेलिकप्टरको उडान तालिकासमेत हेरेर घाइतेका आफन्तले सोही दिन दुर्घटना भएको अमेरिकी मरिन कीर्सको यूएच १ वाई हुवेमा आफन्त परेको हुन सक्ने अनुमान गरेका छन् ।

बेपत्ता भएकामा लाखुक ७ चित्रेका ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडाकी सावित्री सिवाकोटी छन् ।