२९ आश्विन २०८३, बिहिबार

प्रहरी चौकीमा आक्रमण गरी पाँच प्रहरीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackलासकार घा (अफगानिस्तान), जेठ १० । अफगास्तिानको हेलमाण्ड प्रान्तमा शनिबार राति रातभरी तालिवान आतङ्ककारीले एक प्रहरीचौकीमा आक्रमण गरी त्यहाँ रहेका पाँच प्रहरीको हत्या गरेका छन् ।

सो समाचारको प्रहरी स्रोतले आइतबार पुष्टि गरेको बताइएको छ । हेलमाण्ड प्रान्तको सङ्गीन जिल्लामा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका आतङ्ककारीले आक्रमण गरेका जनाइएको छ ।

सो आक्रमणपछि प्रहरीले पनि कारबाही सुरु गरेको र त्यसमा कयौं आतङ्ककारी पनि मारिएको प्रान्तीय प्रहरी प्रमुखले सिन्ह्वा सहमाचार समितिलाई बताउनुभएको छ ।

तर उनीहरु के कति सङ्ख्यामा हताहत भएका छन् भन्ने बारेमा भने केही बताइएको छैन । यस आक्रमणमा परी वरिष्ठ प्रहरी अधिकारी निहमत रोसनको पनि मृत्यु भएको जनाइएको छ ।

यस आक्रमणमा परी अन्य आठ प्रहरी घाइते भएका जनाइएको छन् । घाइते भएका मध्ये जिल्ला प्रहरी प्रमुख मेहर दिल खानसमेत रहनुभएको जनाइएको छ ।

यस आक्रमणको क्रममा आतङ्ककारीतर्फ मारिएका र घाइते भएका व्यक्तिहरुको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।
सडकमा बम विस्फोट हुँदा दुईको मृत्यु

यसैबीच अर्काे एक समाचारमा पूर्वी अफगानिस्तानको वार्दाक प्रान्तमा आइतबार सडककिनारमा राखिएको एक बम विस्फोट हँुदा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको बताइएको छ ।
साथै सो बम विस्फोटमा परी अरु पनि ६ जना सर्वसाधारण बटुवा घाइते भएका प्रान्तीय सरकारले जनाएको छ
वार्दाक प्रान्तको डेमिर्दाद जिल्लामा आइतबार बिहान सबेरै सडक किनारमा राखिएको सो विस्फोटक पदार्थमा एक मिनी बससँग ठोक्किँदा भएको विस्फोटनमा परी दुई सर्वसाधारणको मृत्यु हुनुको साथै एक महिला र दुई बालबालिकासहित छ व्यक्ति घाइते भएका जनाइएको छ ।

सो घटनामा परी घाइते भएकालाई नजिकैको अस्पतालमा पु¥याइएको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानमा सन् २०१४ मा तालिवानसँग आवद्ध द्वन्द्वमा परी तीन हजार ७०० सर्वसाधारणको मृत्युको हुनुको साथै ६ हजार ८०० व्यक्ति घाइते भएका अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले जानकारी दिएको छ ।

सन् २०१४ को अन्त्यमा अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसकेका छन् । बाँकी रहेका नेटो सैनिक पनि तालिवानसँगको युद्धका लागि नभई अफगान सैनिकलाई अन्य सहयोगका लागि त्यहाँ बसेका हुन् ।

पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रामक रुपमा आक्रमण गर्ने गरेका छन् ।

यस्ता आक्रमणमा परी सर्वसाधारण जनताको ज्यान जाने क्रममा झन ठूलो मात्रामा रहेको देखिएको छ । उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि आफ्नो कारबाहीलाई जारी राखेका छन् । रासस/सिन्ह्वा