काठमाडौं, १० जेठ । उपाधि बार्सिलोनाले जित्दै यो सिजनको स्पेनिस ला लिगा फुटबल प्रतियोगिता सकिएको छ ।
उपाधि बार्सिलोनाले खेल सकिुन अगावै जितेपनि तालिका अनुसारको खेलमा ला लिगामा शनिबार राति ३८ औं चरणका १० खेल सकिएसंगै जारी सिजन पनि सकिएको हो ।
सिजनको अन्तिम खेलमा शनिवार बार्सिलोना र डेपोर्टीभो ला कोरुनाले २–२ गोलको बराबरी खेलेका थिए । यस्तै, लेभान्ते र इल्चले गोल रहित बराबरी खेलेका थिए ।
एथ्लेटिको बिल्बाओले भिल्लारियललाई ४–० गोलले पराजित गरेको थियो । सेल्टा डे भिगोले स्पानियोलाई ३–२ ले हरायो । इयाबारले कोर्डोबालाई ३–०ले पराजित गरेपनि रलिगेशनबाट बाहिरियो ।
एथ्लेटिको मड्रिड र ग्रानाडाले गोल रहित बराबरीमा खेले समाप्त पारेका थिए । सेभियाले मालागालाई ३–२ ले हराउन सफल भयो । रियाल सोसिडाडले रायो भाएकानोलाई ४–२ ले हराउँदा रियाल मड्रिडले गेटाफेलाई ७–३ गालले पराजित बनायो ।
स्पेनिस ला लिगमा उपाधि विजेता बार्सिलोना, रियाल मड्रिड, एट्लेटीको मड्रिड र भ्यालेन्सिया शिर्ष चारमा स्थानमा छन् । यो सिजनमा शिर्ष चारबाट सेभिया र भिल्लारियल बाहिरिएका छन् ।
उपाधिसँगै बार्सिलोना यसवर्षको च्याम्पियन पनि बनेको छ । साविकको विजेता रियल मड्रिडलाई पछ्याउँदै बार्सिलोनाले उपाधि जितेको हो ।















प्रतिक्रिया