– घनश्याम पराजुली
दोहा । दुई बर्षदेखी ११ बर्षिय छोरालाई काठमाडौमा पढाउन राखेको थिए । भक्तपुरको एक स्कुलमा पढ्दै थियो । छोरा सिरेशले राम्रो शिक्षा पाउला भनेर आफ्नो भाईको परिवारसँगै राखेर पढाईरहेका थिए । उनीहरु भाडामा बस्थें । भाईले काठमाडौमा चालकको काम गथ्र्यो । जुल्मा पट्मरा ३ का ३९ वर्षिय हरी बहादुर बुढा यतीबेला आफ्नै छोरो सहित भाईका ४ परिवारलाई गुमाउनुको पिडामा छन भने अर्को तिर कतार आएको २२ महिना पुग्दै गर्दा अलपत्र बन्नु परेको छ ।
कतारमा कार्यरत उनलाई गत बैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पले झस्कायो । उनले जुम्लामा श्रीमतीलाई सम्पर्क गरे, काठमाडौमा छोरालाई सम्पर्क गरे सबै ठिकै थियो । नेपालको हालत जस्तै भएपनी परिवार कुशलै रहेको खबरले ढुक्क भए । खान लाउन नेपालमा नै पुगिरहेको थियो । ३ सन्तानका बाबु उनले छोराछोरीको भविश्य र बुढेशकालमा सजिलो होला भन्ने सोचका साथ प्रवास पस्ने निधो गरे । आफन्त र म्यानपावरको सहयोगमा १ लाख ५ हजार रुपैया तिरेर कतार आए उनी । कतारमा उनले भनेजस्तो काम थिएन तर तलव भने राम्रै पाए । नेपालमा भनिएको भन्दा ५० रियाल तलव बढी पाएका उनको सपना ३ महिनामा नै चकनाचुर बन्यो । कतारको मैजार स्थित एक ईरानी रेस्टुरेन्टमा १३ महिना कार्यरत उनले मात्र ५ महिनाको तलव बुझेका छन् । ३ महिना सम्म राम्रै थियो त्यसपछी एक–एक महिना गर्दै रेष्टुरेन्टको स्थिती नाजुक हुँदै गएपछी रेष्टुरेन्ट नै बन्द भयो अनी कतारमा अलपत्र बन्न पुगियो उनी बताउँछन् । उनले आफूले काम गरेको तलब पाउनुपर्ने भन्दै कतारको उच्च अदालतमा मुद्दा दिएका छन् । उनी यतिबेला कतार स्थित नेपाली दुतावासको शरणमा आईपुगेका छन ।
महाभूकम्पले प्रवासमा रहेका उनलाई ठुलै चोट दियो । यो पीडामा उनी न त सजिलै घर फर्कन सकेका छन् न त काम नै छ । भक्तपुरमा ठुलो क्षति भएको खबरले हरी बहादुर बुढाको मनमा हलचल मच्चाईदियो । कतारमा रहेका श्रीमानलाई सम्पर्क गरी दोस्रो भूकम्पले आफ्नो छोरो सहित भाडामा बसेका उनका देवरका परिवार सबै भाडामा बसिरहेको घर भत्केर पुरिएको बताएपछी अरु कुरा गर्न नपाई सम्पर्क विच्छेद भयो ।
महाभूकम्पले प्रवासमा रहेका उनलाई ठुलै चोट दियो । यो पीडामा उनी न त सजिलै घर फर्कन सकेका छन् न त काम नै छ । नेपालले पुनः बैशाख २९ गते त्यस्तै अर्को ठुलो भूकम्पको सामना गर्नुपर्यो । भक्तपुरमा ठुलो क्षति भएको खबरले हरी बहादुर बुढाको मनमा हलचल मच्चाईदियो । उनले घरमा श्रीमतीलाई फोन गरेर काठमाडौ पठाउने निधो गरे । दोस्रो ठुलो भूकम्प गएको ४/५ दिन पछी उनकी श्रीमती झुम्की छोरा र देवरका परिवारको अवस्था बुझ्न काठमाडौ पुगिन् । उनले कतारमा रहेका श्रीमानलाई सम्पर्क गरी आफ्नो छोरो सहित भाडामा बसेका उनका देवरका परिवार सबै भाडामा बसिरहेको घर भत्केर पुरिएको बताएपछी अरु कुरा गर्न नपाई सम्पर्क विच्छेद भयो । त्यसपछी आज सम्म पनी उनको श्रीमतीसँग सम्पर्क हुन सकेको छैन । आफ्ना ५ जना परिवारका सदस्य गुमाउनु परेको पीडा सुन्न नसकी श्रीमती बेहोस बनेको खबर पाएपछी कतारमा हरीलाई खपिनसक्नु भएको छ । कुन अस्पतालमा उपचार गरिरहेकी छन् उनको अवस्था कस्तो छ बुझ्न समेत पाएका छैनन् ।
उनले भाईलाई पहिलो भूकम्प आएपछी नै जुम्ला जान अनुरोध गरेका थिए । तर दैनिक काम गरेर गुजारा गरिरहेका भाई पैसा नभएर जुम्ला जान नसकेको अघिल्ला दिनहरुमा भनेको कुरा सम्झन्छन् । कतार आएको ऋण समेत तिर्न नसकेका हरिबहादुरले भाईलाई जुम्ला जाने भाडा सम्म पठाउन नसकेकोमा धेरै पछुतो भएको छ । आफै अलपत्र परिएको छ कहाँबाट पैसा पठाउँ उनी गहभरी आशु बनाउदै भन्छन् । म प्रवासमा अलपत्र परेको छु नेपालमा परिवारको कुनै खबर छैन् । उनको यो पीडा साच्चै नै कहाली लाग्दो छ । सबै आउदै सोधपुछ गर्दै जान्छन् तर म नेपाल फर्कने बाटो कसैले देखाउदैनन् । नेपाली दुतावासले आईतवार सम्ममा कुराको निधो दिन्छु भन्ने आश्वासनले अली ढुक्क देखिए । नेपाल फर्कन सके परिवारको खोजी हुन्थ्यों । छोरो त गुमाईसके कतै श्रीमती पनी उपचार नपाएर गुमाउनुपर्ने त हैन भन्ने चिन्ताले उनलाई सताईरहेको छ । यता काठमाडौ आएकी श्रीमतीको अत्तोपत्तौ छै उता जुम्लामा १३ र १६ बर्षिय दुई छोरीहरु कसरी बसेका होला भन्ने पिरले सताईरहेको छ कतारमा हरिबहादुरलाई । पाँच जना परिवार गुमाउदा समेत भनेको बेलामा नेपाल र्फकन सकिन् कस्तो भुमरीमा परियो उनी पटक पटक भन्छन् ।
एनआरएन कतारद्धारा ३५ हजार सहयोग
दुतावासको शरणमा रहेका हरि बहादुर बुढालाई गैर अवासीय नेपाली संघ कतारले राहत स्वरुप कतारी रियाल १ हजार २ सय ५० (३५ हजार रुपैयाँ) सहयोग गरेको छ । न्यायका लागि अदालत पुगेका उनलाई केही राहत मिलोस भन्ने हेतुले सहयोग गरिएको हो ।
एनआरएनए कतारका केन्द्रिय सदस्य तथा श्रमिक कल्याण तथा सुरक्षित आप्रवासन समिति संयोजक चिन्तामणी पौडेलको पहलमा उनलाई सहयोग गरिएको हो । पीडित हरिबहादुर दुतावासमा आश्रय लिएर बसेका छन । एनआरएनएको सदस्यता आवेदन फारम संकलनका लागी दुतावासमा खटिएका पदाधिकारीहरु बिनोद भट्टराई, दोर्ण बस्नेत, नन्द र्गवुजा, मुक्तार आलम, प्रेम सिटौला लगायतको रोहवरमा सहयोग गरिएको हो । पीडित हरिवहादुर नेपाल फर्कने प्रतिक्षामा छन् ।
















प्रतिक्रिया