१६ कार्तिक २०८३, सोमबार

यसकारण थुनियो कालीगण्डकी नदी, सिंगो बस्ती नै डुब्यो (हेर्नुस् तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalikandai-River

म्याग्दी, १० जेठ । म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी एकाएक थुनिएपछि त्रास फैलिएको छ । खासगरि, बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पनका कारण राम्चे गाविस वडा नम्बर ९ को काफलडाँडाको भीरको पहाडमा पहिरो खस्न थालेको हो । सोही पहिरोले गएरातिदेखि कालीगण्डकी नदीलाई थुनेको हो ।

Myagdi-kaligandaki
काली गण्डकी नदी थुनिएर यो बस्ती नै डुब्यो

भूकम्पपछि पहाडनै चर्किएकोले शुक्रबारदेखि पहिरो जान थालेको हो । लगातार सुख्खा पहिरो जान थालेपछि यसअघि स्थानीय प्रशासनले त्यहाँका बासिन्दालाई बस्ती छाड्न भनेको थियो । शुक्रबारदेखि पहिरो खस्न थालेपछि बैसरी र राम्चे औलका २६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिइसकेको छ । जसका कारण ठूलो क्षति हुन नपाएको स्थानीय प्रशासनको भनाइ छ ।

पहिरो नियमित खसिरहेको छ । बैसरीको एउटा बस्ती पुरिएको छ ।

kali-gandaki

kali-gandaki-3