– सुमन घिमिरे
झापा, १० जेठ । शनिबार रातिकोे हावाहुरीका कारण झापा र सुनसरीमा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । झापाको दमकस्थित बेलडाँगी शिविरमा रुख लडेर किच्दा एक चार वर्षिया बालिकाको मृत्यु भएको छ ।
बेलडागी २ स्थित शरणार्थी शिविर सेटर बि–वान मा छाप्रो नम्बर ९७ का ४ वर्षिय एलिना राईको हावाहुरीका कारण रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले लागेर राईकी आमा ३८ वर्षिय मनमाया राई समेत गम्भिर घाईते भएकी छन् ।
उनको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । यस्तै हावाहुरीकै कारण रुखले किचेर शनिबार राति धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी एक डाक्टरको मृत्यु भएको छ ।
राति साढे ८ बजेतिर हावाहुरीका कारण रुख लडेर किच्दा प्रतिष्ठानको हाताभित्रै रहेको आवास गृहमा रहेकी डा. रञ्जना देवकोटाको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट घोपाका प्रहरी नायव निरीक्षक तिलकबहादुर गिरीले जानकारी दिनुभयो ।













प्रतिक्रिया