३ कार्तिक २०८३, मंगलबार

‘तुलसी पत्नीसँग झगडा गरेर मलामी गएका थिए’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १० जेठ । सुर्खेतको लाटीकोइलीस्थित नयाँगाउँका एक युवाले सामन्य विवादमा पत्नीकोे हत्या गरेका छन् ।

सामान्य बिवादमा स्थानीय तुलसिं नेपालीले पत्नी गीता नेपालीको शुक्रबार राति हत्या गरेका हुन् ।

दिउँसो छिमेकीको मलामी गएर फर्किएका उनले राति आठ बजेतिर २३ वर्षीया गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मलामीबाट घर आएका तुलसिंले खाना खाने समयमा एक्कासि पत्नीलाई खुकुरी हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत चौधरीले बताए ।

प्रहरीका अनुसार तुलसिंले पत्नीको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

पत्नीको हत्या गरेपछि तुलसिंले आफ्नो पेटमासमेत खुकुरी प्रहार गरेर आत्महत्या प्रयास गरेका थिए ।

गम्भीर घाइते तुलसिंको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

स्थानीय बासिन्दाका अनुसार गीता र तुलसिंको ६ वर्ष अघि विवाह भएको थियो ।

उनीहरूको चार वर्षका छोरा छन् । मजदुरी गर्दै आएका तुलसिं र गीताबीच शुक्रवार बिहान खटपट भएपछि तुलसिं छिमेकीको मलामी गएका थिए ।

मलामीबाट फर्केर राती घरमा आएपछि खाना खाने समयमा पत्नीमाथि खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाको भनाइ छ ।