३ कार्तिक २०८३, मंगलबार

बालबालिकाको तस्करी बढ्दै, राजधानीमा १९ जनाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । महाभूकम्पपछि बालबालिका अभिभावकबिहीन हुने क्रमसँगै अवैध बालतस्करीसमेत बढ्न थालेको छ ।

सरकारी नियनलाई पत्तै नदिइ भूकम्प अति प्रभावित दोलखाबाट भारत, देहरादुन लैजान राजधानी ल्याएर राखिएका १९ बालबालिकाको प्रहरीले उद्धार गरेको हो ।

प्रहरीले बालबालिका अवैध ओसारपसारमा सम्लग्न अभियोगमा २ भारतीयसहित ५ जनालाई पक्राउ गरेको नागरिक दैनिकले छापेको छ ।

दोलखाबाट उपत्यका ल्याएर राखेका ११ बालक र ८ बालिका काठमाडौं र ललितपुरमा फेला परेका हुन् ।