१५ कार्तिक २०८३, आइतबार

हुम्लामा गएको भूकम्पलाई कसरी लिने ? विज्ञ भन्छन्- फरक प्रवृत्तिको देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Humla

काठमाडौँ, ९ जेठ । गोरखा भूकम्पका कारण पराकम्पन आउने क्रम जारी रहेको बेला शनिबार हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.८ रिक्टर स्केलको भूकम्प गएको छ ।

हुम्लालाई केन्द्रबिन्दु बनाएर बिहान १२ः५२ मा भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभाग भूकम्प मापन केन्द्रले भने हुम्लाको भूकम्पलाई सामान्य र नियमित भूकम्प भनेको छ ।

पराकम्पन आउने क्रम जारी रहेका कारण यसलाई नियमित रुपमा लिनुपर्ने र भूकम्प गएको क्षेत्रभन्दा बाहिर किन गयो भनेर त्यतिधेरै आतङ्कित हुन नपर्ने विभागले जनाएको छ ।

भूकम्पमा नै विद्यावारिधि गर्नुभएका डा दीपक भाटले भने गत वैशाख १२ गते गएको भूकम्पले म्यान्मादेखि अफगानिस्तानसम्मको यूरोएसियन प्लेटमा नै प्रभाव पारेका कारण हुम्लामा पराकम्पन गएको हुन सक्ने बताउनुभयो ।

सामान्यतः गोरखादेखि ओखलढुङ्गासम्मको क्षेत्रमा नै पराकम्पन जान सक्ने सम्भावना रहेको भएपनि हुम्लाको पराकम्पन फरक प्रवृत्तिको देखिएकाले थप अध्ययनको जरुरी रहेको पनि उहाँको भनाइ छ ।

केन्द्रले भने हुम्ला, मुस्ताङलगायत क्षेत्रमा यसअघि पनि स–साना भूकम्प गइरहेका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ ।