१५ कार्तिक २०८३, आइतबार

काठमाडौँमा हुरीपछि रुखले किचेर एकको मृत्यु, बिमानस्थल केहीबेर अबरुद्ध, पोखरामा पनि तनाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । राजधानीमा हुरीले रुख ढल्दा त्यसले किचेर बूढानिलकण्ठकी ३२ वर्षीया लक्ष्मीकुमारी सुवेदी (दाहाल) को मृत्यु भएको छ ।

स्वयम्भूबाट मोटरसाइकलमा बालाजुतर्फ गइरहेकी उनको सानोभर्‍याङमा मृत्यु भएको हो । महानगरीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार हुन्डरीले ढालेको रुखले गौशाला वनकाली नजिक राखिएको बा१ज ६९१२ नम्बरको ट्याक्सी लाई थिच्दा उक्त ट्याक्सी क्षतिग्रस्त भएको छ ।

त्यस्तै, हुन्डरीका कारण आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा अवरुद्ध नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डउन कार्यालयले जनाएको छ । आधाघन्टा पछि विमानस्थल पूर्ववत् रुपमा सञ्चालन भएको छ ।

यता, आज अपराह्न पोखरा र आसपासका क्षेत्रमा असिनासँगै परेको भीषण वर्षाले बालीनालीमा व्यापक क्षति भएको छ ।

असिना पानीले ६० प्रतिशतभन्दा बढी मकैबाली, आँप, लिची, सुन्तला र सागसब्जी नष्ट भएको छ ।

गत वैशाख १९ गतेको असिना पानीले यस क्षेत्रमा पाँच करोडभन्दा बढीको फलफूल र सागपातमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

असिना पानीले त्रिपालमा ओत लागेका भूकम्पपीडितको पनि विचल्ली भएको छ ।