काठमाडौं, ९ जेठ । विदेशबाट आएका आफन्त ल्याउन गएका एक व्यक्तिमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुकुरी प्रहार गरिएको छ ।
सुरक्षाको घेरामा रहेको विमानस्थलमा अन्तरराष्ट्रिय आगमनद्वारमा शुक्रबार साँझ काठमाडौँ गौरीधाराका ३३ वर्षीय मधुसुधन पौडेलमाथि खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहारबाट घाइते पौडेलेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने हातको तीन ठाउँमा गहिरो चोट लागेको छ ।
पौडेललाई विमानस्थल हवाई यातायात यात्रुसेवा लिमिटेडका सदस्य राजकुमार गुरुङले खुकुरी हानेको पीडित परिवारले बताएका छन् ।
आफ्नो निजी गाडीसहित आफ्न्तलाई कुरिरहेका पौडेलमाथि विमानस्थलभित्र गाडी चलाएको गुरुङले खुकुरी हानेका हुन् । विमानस्थलको सुरक्षाका लागि डिआईजी समेत खटिएपनि दिनदहाडै पौडेलमाथि खुकुरी प्रहार भएको हो ।
घटनापछि खुकुरी प्रहार गर्ने गुरुङलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान थालेको छ । यद्यपि पीडित परिवारले गुरुङ विरुद्ध अहिलेसम्म उजुरी दिएको छैन् ।
निजी गाडी चलाएर रातो नम्बर प्लेटका गाडीलाई घाटा पु¥याएको भन्दै गुरुङले पौडेलमाथि खुकुरी हानेको स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीमज्वाला राईले जानकारी दिए । उनले भने–‘ विमानस्थलमा एकलौटी राज गर्न चाहन्छन् । जसका कारण आज यस्तो घटना घट्यो ।’












प्रतिक्रिया