२९ आश्विन २०८३, बिहिबार

कोरियामा नेपाली कामदार कम्पनीको मेशिनमा झुण्डिएको अवस्थामा फेला परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tejraj-kandelदक्षिण कोरिया । रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका एक नेपाली कामदार काम गर्ने कम्पनीमै मृत अवस्थामा भेटिएका छन् ।

दक्षिण कोरियाको ख्यङनाम वोइरोङमा रहेको कंक्रिट कम्पनीमा कार्यरत बागलुङका तेजराज कँडेलको शव मेशिनमा झुण्डिएको अवस्थामा फेला परेको कँडेलसँगै काम गर्दै आएका सहकर्मी लोकनाथ भट्टले जानकारी दिनुभयो ।

कोरिया प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शनिबार बिहान काममा गएका कँडेलले मेशिनमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

सहकर्मी भट्टका अनुसार कंडेल ९ महिनाअघि रोजगारीका लागि कोरिया आएका थिए । कँडेलका श्रीमती एक छोरा छन् ।