२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितलाई राहत बाँड्दै गाउँ-गाउँमा पुगे कतारका नेपाली कलाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iaf 2

– घनश्याम पराजुली
दोहा । अन्तराष्ट्रिय कलाकार मञ्च कतारको पहलमा विनाशकारी भूकम्पको पीडाले छट्पटाईरहेका ६ जिल्लाका नेपालीहरुको घरमा नै पुगेर कलाकारहरुले राहत वितरण गरेका छन् ।

मञ्चका भुपेन्द्र रिठ्ठा मगर, महासचिव बविन राई र गायिका इन्दिरा शाहको संयोजकत्वमा ३ समुह बनाएर गाउँ–गाउँमा पुगी राहत वितरण गरिएको छ । मञ्चका सह–कोषाध्यक्ष कुमार लामा सदस्यहरु कन्चन राई, कमल परियार, बिक्कल थापा, साबी थापा, ईमानजङ्ग बानियाँ लगायतका कलाकारहरु साथै स्थानीयहरुको सहयोगमा राहत वितरण गरिएको हो ।

iaf 1

उक्त कलाकारहरुको टोलीले दोलखा जिल्लाको नाम्दु गाविसमा १२० वटा त्रिपाल, गोर्खा ताप्लेका ७० घर परिवारलाई चामल, तेल, नुन र चिउरा वितरण गरेको थियो । त्यस्तै नुवाकोटको सात दोवाटोका ६ वटा वडामा खाध्यान्न सामाग्री तथा त्रिपाल वितरण गरेको हो । उक्त गाउँका एकल महिला भएको घर, स्वास्थ्यचौकी र वस्ने ठाउ नै नभएका घरमा राहत वितरण गरिएको हो ।

नुवाकोटको दरवार परिसरमा समेत त्रिपाल वितरण गरिएको छ त्यस्तै एस्पायर एकेडमी कतारले सहयोग गरेको लत्ताकपडा समेत वितरण गरियो । सुरेन गुरुङ्गको पहलमा एस्पायर एकेडमीले सहयोग गरेको हो ।

iaf 5

सिन्धुपाल्चोकको पाटिगाउँमा १५० घरपरिवारलाई साध्यान्न लगायत लत्ताकपडा वितरण गरियो । मञ्चबाट खटेका कलाकारहरुले रसुवाको भोर्ले ५ मा ६ वटा परिवारलाई ३ हजारका दरले नगद सहयोग गरेको थियो त्यस्तै भोर्ले ४ मा गोसाईकुण्ड समाज कतारका प्रतिनिधी कर्म सिंलाई राहत बाँड्ने गरी ८२ हजार हस्तान्तरण गरिएको छ । उक्त ठाउको आवश्यकता हेरेर उनले सहयोग वितरण गर्ने छन । समेत राहत वितरण गरेको छ । धादिङ्गमा समेत राहत वितरण गरिँदैछ ।

कतारमा पहिलो चरणमा गरिएको सहयोग अभियानमा १० लाख रुपैयाँ उठिसकेको मञ्चका अध्यक्ष भविन्द्र तामाङ्गले बताए । नेपालमा करिब ८ लाख बराबरको राहत वितरण भईसकेको र बाँकी राहात वितरणको काम सुचारु रहेको उनले जानकारी दिए । त्यस्तै मञ्चले कतारी रियाल २० हजारका हाराहारीमा टेन्ट, लत्ताकपडा, बलाङकेट र कम्मल लगायतका सामग्रीहरु पठाएको छ । कतारका विभिन्न कम्पनीहरु तथा कामदारहरुको विशेष पहलमा उक्त सामाग्री नेपाल पठाउन सफल रेहको अध्यक्ष तामाङ्गले बताए ।

iaf 4

आफ्ने घर भत्किएको छ तथापी यस विपतको बेलामा राहत वितरण गर्न विकट जिल्लाका गाउँगाउँमा पुगेको राहत वितरणमा खटिएकी गायिका ईन्दिरा शाहले बताईन् । उनले राहत वितरण कार्यलाई सक्रिय रुपमा अगाडी बढाएकी थिईन । उनी भन्छिन ‘विविध कठिनाईका बाबजुद पनी हामी विभिन्न ठाउमा खटिएका छौ, थोरै धेरै राहत भयो होला सबैलाई पुर्ण रुपमा खुसी बनाउन सक्ने अवस्था नभएपनी सक्दो सहयोग गर्यौ ।’

मञ्चलाई कतारमा कार्यरत मलेसियन नागरिक इश्वरी सचियानाथनले ७ सय किलो बरावरको राहत सामाग्री उपलब्ध गराएकी छिन् । उनले चामल, चाउचाउ, बच्चाको लागि लत्ताकपडा, तेल, विष्कुट, दुध, टावल, बलाङकेट लगायत १५ थरीका सामग्री मञ्चका अध्यक्ष तामाङ्गलाई हस्तान्तरण गरेकी हुन । मञ्चलाई कार्वन प्लाजा लगायत विभिन्न विदेशीहरुले समेत सहयोग उपलब्ध गराएका थिए ।

iaf 3

कलाकार मञ्च कतारको पहीलो चरणको अभियान अन्तर्गत राहत वितरण कार्य रहेको अध्यक्ष तामाङ्गले बताए । यो अभियान मे महिनाभरी चल्ने ततपश्चात दोस्रो चरणको अभियान अन्र्तगत पुनर्निर्माणका लागि सहयोग गर्ने उनले बताए । दोस्रो अभियानबाट विकट गाउँका स्कुल निमार्णमा कतारका कलाकारहरु जुट्ने उनले जानकारी दिए ।

मातृभुमिको यस दुखको समयमा कतारमा कार्यरत सबै कलाकारहरु एकजुट भएर सहयोग अभियानमा लागेको थियो । सहयोग अभियानमा सक्रिय रुपमा भुमिका निर्वाह गरिरहेका कलाकारहरुलाई अध्यक्ष तामाङ्गले आभार प्रकट गरेका छन । उनले सहयोग रकम उचित ठाउँमा सदुपयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । मञ्चलले गैर आवासिय नेपाली संघको राहात कोषलाई समेत १ लाख ५१ हजार १ सय ५१ रुपैया सहयोग प्रदान गरेको छ ।