२९ आश्विन २०८३, बिहिबार

एटलाण्टाको नासियाले राजदुताबासमार्फत प्रधानमन्त्री कोषमा पैसा पठायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr baral 1

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले नेपालमा गएको विनासकारी महाभूकम्पबाट पीडित परिवारको सहयोगार्थ संकलन गरेको रकम वाशिंगटन डिसी स्थित नेपाली राजदुतावासमा संस्थाका अध्यक्ष डा. राम चन्द्र बरालले राजदुत डा. अर्जुन कुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको छ ।

संस्थाका अध्यक्ष डा बराल उक्त रकम हस्तान्तरण गर्न जर्जिया एटलाण्टा बाट वाशिंगटन डिसी आई संकलित ७ हजार डलर (करिब ७ लाख नेपाली रुपैयाँ) प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि चेक दिनु भएको हो ।

नेपाल सरकारको मार्फत नासियाले पठाएको रकम भूकम्प पिडितलाई पुगोस भन्ने हेतुले दुतावास मार्फत पठाउन पाउँदा गौरवाम्वित भएको बताउँदै आर्थिक संकलन क्रम निरन्तर चलिरहेको बताउनु भएको छ ।

उहाँले आर्थिक सहयोग गर्ने संघ, संस्था, नेपाली समुदाय, ब्यबसायी सबै वर्गलाई धन्यबाद दिनु भएको छ । वाशिंगटन डिसीमा उक्त रकम हस्तान्तरण कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व वरिष्ठ उपाधक्ष्य तथा एनआरएन अमेरिकाका भूकम्प पीडित उद्धार टोलीका संयोजक लोकनाथ तिवारीको पनि उपस्थिति रहेको थियो ।

तिवारीले भूकम्प पीडितलाई एनआरएनको तर्फबाट ५ लाख दिई सकेका छन् भने आफ्नो व्यवसायबाट रकम उठाई राजदुतावास मार्फत प्रधानमन्त्री राहत कोषको लागि १० हजार डलर पुर्याउने सार्बजनिक रुपमा घोषणा गरेका थिए ।

राजदुत डा कार्कीले डा बराललाई नेपाल सरकारलाई सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो भने राजदुतवासले प्रसंशा पत्र पनि डा बराललाई दिएको छ ।