वैशाख, जेष्ठ महिना विवाहका लागि उत्तम महिना मानिन्छ । केही युवायुवती विवाह बन्धनमा बाँधिसकेका छन्, भने कोही जिन्दगीभरसँगै दुःखसुख एक आपसमा साटासाट गर्ने सोचका साथ विवाह गर्ने सुरसार गर्दै छन् । मानिसले लामो समय एक्लै जीवन बिताउन सक्दैन । त्यसैकारण भावनात्मक एवं वैधानिक रुपबाट परस्परमा निर्भर हुन चाहान्छन् । श्रृष्टिको चक्र चलाउन र वंश वृद्घि गर्नका लागि विवाह गर्ने संस्कारको सुरुवात भएको विज्ञहरुको धारणा छ । समाजलाई व्यवस्थित गर्न यौन जीवनलाई संयमित एंव अनुशासित राख्न पनि विवाहको आवश्यकता एवं महत्व छ । विवाह गरेर घरजम बसाउने अनि सन्तान जन्माएर प्रकृतिको नियममा रहने चाहना अधिकाशंको हुन्छ । ग्लोबलाइजेसनको यो जमानामा जसरी अन्य कुरामा परिवर्तन भएको छ त्यसरी नै विवाहको परम्परागत मान्यतामा परिवर्तन भएको कुरालाई अस्विकार गर्न सकिँदैन । बदलिदो परिस्थिति एंव विचारसगै विस्तारै सहजीवन अर्थात लिभिंग टुगेदर रिलेसनशीप, विवाहेतर सम्बन्ध, डिभोर्स, समलैंगिक सम्बन्ध जस्ता कुराहरु पनि दिनप्रतिदिन बढेको पाइन्छ । कतै यस्ता घटनाले विवाहको संस्कारलाई नै अप्ठ्रोको घेराभित्र पार्न थालेको त होइन भन्ने शंका जो कोहीमा पनि उब्जनु स्वभाविकै हो । कतै विवाहको आधार नै परिवर्तन हुन थालेको त होइन ? मनिसको लागि उसको मानसिक, शारीरिक स्वास्थ्य यौन जीवन तथा आर्थिक सामाजिक दृष्टिकोणबाट विवाह अत्यन्त महत्वपूर्ण एंव उपयोगी छ । पश्चिमी मुलुकमा त विवाहलाई पाठ्यक्रमको एउटा विषयकै रुपमा पठाउने गरिन्छ । प्राचिनकालमा विवाहलाई सामाजिक संस्कारका रुपमा लिइन्थ्यो । तर आज यो विशुद्व वैयतिक मामिला हो विवाह यौन एंव भावनासँग सम्बन्धित प्राकृतिक इच्छाहरुलाई पुरा गर्ने एक सजिलो एंव सिधा उपाय हो । महान् चिन्तक एरिष्टोटलका अनुसार विवाह सामाजिक उपयोगिता हो । उनका अनुसार विवाह र परिवार वृह्त समाज कल्याणका लागि अनिवार्य छन् । विशेष गरी बालबालिका यूवा, समाज, राज्य एंव सामाजिक जीवनको कल्याणका लागि विवाह आवश्यक मानिएको छ ।
अमेरिकी पत्रकार हेलन रालेन्ड भन्छिन् : सफल विवाहका लागि फ्रान्स चर्चित हो भने सफल सम्बन्ध विच्छेदका लागि अमेरिका चर्चित छ रे । उनको विचारमा त भारत लगायत दक्षिण एसियाली मुलुकहरुले यस्तो समस्या भोग्नु परेको छैन । यद्मपी नेपालजस्ता मुलुकमा पनि विस्तारै यो समस्या बढ्न थालेको पाइन्छ ।
वैवाहिक सम्बन्ध संस्कार पहिले पहिले जस्तो दिगो स्थायी र लामो समयसम्म सुमधुर हुन सकिरहेको छैन् । बितेको एक दशकमा विवाहप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन आएको पाइन्छ । पश्चिमी मुलुकको कुरा गर्दा हरेक ६—७ विवाहमध्ये निजी स्वतन्त्रताका नाममा एउटा विवाह टुट्ने स्थितीमा पुगेका प्रशस्त उदाहरण पाइन्छ । त्यस्तै, अमेरिकी पत्रकार हेलन रालेन्ड भन्छिन् : सफल विवाहका लागि फ्रान्स चर्चित हो भने सफल सम्बन्ध विच्छेदका लागि अमेरिका चर्चित छ रे । उनको विचारमा त भारत लगायत दक्षिण एसियाली मुलुकहरुले यस्तो समस्या भोग्नु परेको छैन । यद्मपी नेपालजस्ता मुलुकमा पनि विस्तारै यो समस्या बढ्न थालेको पाइन्छ । भारतमा सन् १९८८ सम्म हिन्दु म्यारिज एक्टअन्तर्गत सम्बन्ध विच्छेदका मुद्दा हेर्ने एउटामात्र सिविल कोर्टको व्यवस्था थियो । भने अहिले यस विषयमा फैसला गर्ने तीनवटा पारिवारिक अदालत बनाइएका छन् । यसबाट भारतमा पनि सम्बन्धविच्छेदका घटना बढेको सहजै अनुमान गर्न सकिन्छ ।
संयोग भन्नुपर्छ आज म ‘अन्तरयात्राको प्रेम र विवाह’ पुस्तक पढ्दै छु आनन्द अरुणले लेखेका छन् । दुई व्यक्ति त्यतिखेरसम्म सँगै बस्नुपर्छ जतिखेर आपसमा प्रेम, आकर्षण, आदर र विश्वास हुन्छ । यदी यी कुरा भएन भने विषाद उत्पन्न हुन्छ । एक आपसमा दुईजना प्रेमपुर्वक बस्न सक्दैनन् फलस्वरुप एक अर्काप्रति धन्यवाद दिँदै विदा हुनुपर्छ ।
मलाई यी शब्द पढेर केही महिना पहिले विहे गरेका ति जोडीहरुको याद आयो । जसलाई म एकदम नजिकबाट चिन्छु । युवती मेरो आई कम पढ्दाको साथी हुन् । उनले स्नातक पढ्दै कुनै प्राइभेट अफिसमा जागिर गर्थिन् । जब प्रतिष्ठित व्यक्तिको छोरासँग उनको विहे हुने निर्णय हुन्छ । उनी साह्रै खुसी हुन्छिन् । हुनेवाला श्रीमानको बारेमा सोध्यो भने फलानो प्रतिष्ठित व्यक्तिको छोरा विदेशमा पढेर आएको भन्थिन् । तर जब विहे भएको केही समयपछि घरमा खासै नबस्ने बाहिरकै वातावरणमा रमाउने बानी थाहा पाइन् तब व्यर्थै बिहे गरेछु जस्तो उनलाई लाग्यो । कति दिन सहनु र पीडा एक दिन सही नसक्नु पीडा भएर मनको वेदना हामीलाई पोखिन् । उनको वेदना सुनेर आश्चर्य लाग्यो । त्यस्तै अर्को एक जना दिदी सम्पन्न परिवारको केटा भनेर विहे गर्नुभयो, विहेपछि थाहा भयो केटा समलिङ्गी रहेछ । उनले छुट्टिने निर्णय गरिन् । त्यस्तै पे्रमविवाह गर्नुभएको दिदी अफिसको कामको सिलसिलामा केही समय बाहिर गएर बस्नुभयो । जब घर फर्कनुभयो त्यतिखेर पतिले चरित्र माथि नै प्रश्न गरे । बिस्तारै झगडा दिन प्रतिदिन बढ्दै गयो । यस्ता घटना देखेर के लाग्यो भने प्रतिष्ठित अनि सम्पन्न परिवारबाट बिहेको कुरा चल्यो भन्दैमा केटाको बारेमा राम्रोसँग नबुझी सहर्ष स्वीकार गरी हतारमा बिहे गर्नु हुँदैन रहेछ । अझ नारीलाई त धनाढ्यको छोरा ऐश आरामसाथ बस्न पाइन्छ, बिहे गर्ने उमेर पनि भइसक्यो भनेर दबाब दिने चलन पनि कायम नै छ । हाम्रो समाजमा आमको सोचाइ छ । प्रेम विवाह गर्ने युवायुवती बीच राम्रो सम्बन्ध हुन्छ । एक अर्कालाई पहिलादेखि नै राम्रोसँग चिनेजानेका हुन्छन् । तिनीहरुमा प्रेम, आदर, विश्वास हुन्छ । यदी यस्तो हो भने किनत मैले चिनेको दिदी कामले केही समय बाहिर गएर आउँदा पतिले शंका नगर्नु पर्ने होइन र ? तर मन परेको बेलामा सबै मन पर्छ रे । राम्रो पक्ष मात्र देखिन्छ । आकाशको तारा समेत झार्ने गफ दिन्छन् । जब बिहे गरेको केही समय हुन्छ । तब आकाशको तारा होइन किरा सम्झिन्छन् । मागी विवाह होस् वा प्रेम विवाह यो सफल त्यो असफल भनेर छुट्टाउन भने सकिँदैन । कसैको सोचाइ हुन्छ आफू सही भइदिए हुन्छ भने कसैको सही व्यक्ति खोजेर बिहे गर्नुपर्छ ।
प्रतिष्ठित अनि सम्पन्न परिवारबाट बिहेको कुरा चल्यो भन्दैमा केटाको बारेमा राम्रोसँग नबुझी सहर्ष स्वीकार गरी हतारमा बिहे गर्नु हुँदैन रहेछ । अझ नारीलाई त धनाढ्यको छोरा ऐश आरामसाथ बस्न पाइन्छ, बिहे गर्ने उमेर पनि भइसक्यो भनेर दबाब दिने चलन पनि कायम नै छ । हाम्रो समाजमा आमको सोचाइ छ ।
प्रेम, विश्वास, आकर्षण र आदर भने एक आपसमा हुनुपर्छ भन्नेमा चाहिँ आमको नै सोच नहोला भन्न सकिन्न । प्रेम भएन भने त मतलबै हुँदैन, विश्वास नभए शंका, आकर्षण नभए वास्तै नहुने, आदर भएन भने त सम्मान पनि नरहने यी कुरा एक आपसमा नभएपछि त लामो समय बिताउन त अवश्य पनि सहज हुँदैन । के यी विचारहरु सबै विवाहित जोडीमा छन् त ? के कारणले विवाहलाई असर पारिरहेको छ ?
बदलिँदो मूल्य–मान्यता एवं आपसी अहंकारका कारण विवाहको मान्यता परिवर्तन भएको देखिन्छ । विवाहेत्तर सम्बन्ध एंव डिभोर्सका घटना बढेका छन् भने समलैगिंक सम्बन्ध पनि अपवादको स्थितिमा सीमित रहन छाडेको छ । त्यस्तै अहिलेका युवा पुस्ताले विवाहभन्दा करियरलाई बढी महत्व दिन थालेका छन् । विवाह सफल बनाउनका लागि मुख्य आधार व्यक्तिको आम्दानीले दाम्पत्य सम्बन्धलाई नभएर अन्य सम्बन्धलाई पनि सफल बनाउँछ । अहिले काम गर्ने महिलाको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । यसले महिलामा परिवर्तन आएको छ, त्यही रुपमा पुरुषको मानसिक सोचमा भने परिवर्तन भएको पाइँदैन । महिलाको यो परिवर्तनलाई पुरुषले सहर्ष स्वीकार गर्न सकेको अवस्था देखिँदैन । किनकि आफ्नी आमाले उनको जीवनशैलीलाई आफ्नो श्रीमान र छोराछोरीप्रति नै निर्भर रहेको प्रत्यक्ष अनुभवबाट जीवनप्रति एउटा निश्चित धारणा विकास गरेका छन् । श्रीमतीले यो उनीहरुको धारणभन्दा फरक बाटो लिइदिँदा पुरुषहरुले पचाउन सकेको अवस्था छैन् । यो सोचले वैवाहिक सम्बन्ध उल्टो दिशातिर परिवारभन्दा बाहिरी दबाब बोकेर हिँड्छन् । महिलाहरु एक केयरिङ तथा लभिङ पतिको कम्बिनेसन खोज्छन् । पुरुषले यसलाई नबुझने बित्तिकै बिस्तारै आपसी सम्बन्धमा फाटो आउन थाल्छ ।
विवाह सफल बनाउनका लागि मुख्य आधार व्यक्तिको आम्दानीले दाम्पत्य सम्बन्धलाई नभएर अन्य सम्बन्धलाई पनि सफल बनाउँछ । अहिले काम गर्ने महिलाको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । यसले महिलामा परिवर्तन आएको छ, त्यही रुपमा पुरुषको मानसिक सोचमा भने परिवर्तन भएको पाइँदैन ।
आजका अधिकाशं नारी आत्मनिर्भरतासँगै आफ्नो हक अधिकार एवं स्वतन्त्रताप्रति सजक छन् सम्झौता गर्न चाहँदैनन् । विवाहेत्तर सम्बन्धमा पुरुषहरु बढी जिम्मेवार रहे पनि महिलाहरुलाई पनि दोषमुक्त मान्न सकिँदैन । आज संचारको माध्यम घर घरभित्र पसिसकेको छ । जुन कुरा पहिले घरभित्र सीमित रहन्थ्यो तर अहिले बाहिर उजागर हुन थालेको छ । समाचार खोज्ने र बनाउने वा सचेतना जगाउने संचार जगतको कार्य प्रणलीसँगै व्यत्तिगत जीवन आज संसारसामु देखा पर्न धेरै समय लाग्दैन । विवाहेत्तर सम्बन्ध लुकोने र लुक्ने स्थिति पनि अब छैन । अत कमी कमजोरीलाई सुधार गर्दै सम्बन्धलाई अझ बढी उदार, सहज एंव प्रगतिशील बनाउने प्रयास गर्नुपर्छ । यसमा सबैभन्दा ठूलो भूमिका हुन्छ माता पिता र समाजको । सन्तानलाई लालन पालन यस रुपमा गर्नुपर्छ कि उसले सम्बन्धको महत्व भने राम्ररी बुझोस्, त्यसलाई आदर गर्न सिकोस् र आवश्यकता महशुस गरोस् । केही समय पहिले अमेरिकी पूर्व प्रथम महिला हिलेरी क्लिन्टनले गाउँको वातावरण आवश्यकता पर्छ भनेकी छन् । हाम्रो परिवेशमा आज पनि आपसी सम्बन्ध, मूल्य, मान्यता, परम्परा, संस्कृति, संस्कारको धर्तीमा भावी सन्तती फुल्छन्, फल्छन् र हुर्कन्छन् । यो व्यवस्था कायम राख्ने प्रयास नै पहिलो प्राथमिकता हुनुपर्छ ।
वैवाहिक जीवनमा समानताका लागि दम्पतीबीच दैनिक खुल्ला कुराकानी र अभिव्यक्तिलाई प्राथमिकता दिनुपर्छ । दुबैमा एकअर्का प्रति सम्मान एंव प्रेमको भावना हुनुपर्छ । एकअर्कालाई साध्य सम्झनुपर्छ न कि साधना ।
सम्बन्ध चाहे जुनसुकै किन नहोस् त्यसमा केही कमी त अवश्य हुन्छ । हरेक व्यवस्थामा कमी कमजोरी हुन्छन् तर तिनलाई सुर्धाने प्रयास हुनुपर्छ । सम्बन्धलाई अन्तिम क्षणसम्म जोगाउने र सम्हाल्ने प्रयास गर्नुपर्छ । विध्वंस सजिलै गर्न सकिन्छ तर सिर्जना गर्न धेरै कठिन छ । वैवाहिक जीवनमा समानताका लागि दम्पतीबीच दैनिक खुल्ला कुराकानी र अभिव्यक्तिलाई प्राथमिकता दिनुपर्छ । दुबैमा एकअर्का प्रति सम्मान एंव प्रेमको भावना हुनुपर्छ । एकअर्कालाई साध्य सम्झनुपर्छ न कि साधना । कुनै पनि सम्बन्ध परफेक्ट हुँदैन, त्यसैले यो भन्न सकिँदैन् कि वैवाहिक सम्बन्ध आदर्श हो । लियो टोलस्टोयका अनुसार तपाई कति योग्य हुनुहुन्छ भन्ने कुरामा होइन बरु तपाई आफ्नो र जीवन साथीको अवगुण र अयोग्यता तथा दोष र कमी कमजोरीहरुको कसरी सामना गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्छ ।
विवाह सम्बन्धलाई कसरी दीगो बनाउन सकिन्छ भन्ने विषयमा गरिएको छलफलमा हरेक सम्बन्धलाई सुमधुर राख्न प्रयास गर्ने केही व्यक्तिहरु यस्तो भन्नुहुन्छ– एकअर्काप्रति प्रेमको भावना कायम रहनुपर्छ, हरेक उतार चढावमा सँगै रहने इच्छा हुनुपर्छ, कठिन परिस्थितिबाट निक्लने साहस हुनुपर्छ अनि परम्पर सहयोग, सहकार्य, आपसी आत्मीयताको भावना कायम रहनुपछ्र्र । सुखी एंव दिगो दाम्पत्य जीवनको धरातल नै यही हुनुपर्छ ।













प्रतिक्रिया