२९ आश्विन २०८३, बिहिबार

चेन्नई आईपीएलको फाइनलमा, उपाधिका लागि मुम्बईसँग भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DHONIकाठमाडौं, ९ वैशाख । भारतमा जारी आठौं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्स फइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ३ विकेटले हराउँदै चेन्नई इन्डियन आर्इपिएल क्रिकेट २०१५ को फाइनलमा पुगेको हो ।

माइकल हसीले सर्वाधिक ५६ रनको मद्दतमा चेन्नईले संघर्षपूर्ण जित हात पार्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो । त्यस्तै, महेन्द्र सिंह धोनीले २६ रन बनाए । डिप्लुसीले २१ रन बनाए । यस्तै डिआर स्मिथले १७ रन बटुले । पवन नेगीले १२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन मात्र बनायो । १४० रनको लक्ष्य चेन्नईले अन्तिम बल अगाडि भेट्टायो ।

बैंलोरका लागि क्रिश गेल ४१ रनको योगदान दिए । सर्फराज खान ३१ र दिनेश कार्तिकले २८ रन बनाउँदा विराट कोहलीले १२ रन जोडेका थिए ।

आइपीएल क्रिकेट २०१५ को उपाधिका लागि चेन्नई र मुम्बई इन्डियन्सबीच भिडन्त हुने छ । गत वर्षको उपाधि विजेता कोलकत्ता नाइडराइडर्स यसवर्ष सेमिफाइनलबाटै बाहिरिएको थियो ।