काठमाडौं, ९ वैशाख । नेपाली सेनाले रुसबाट ल्याउने भनिएको दुईवटा एमआई १७ हेलिकोप्टरको अन्तिम जाँच गर्न सेनाको एउटा टोली रुस पुगेको छ ।
आजको अन्नपूर्ण पोष्टमा समाचार छ । नेपाल र रुस सरकारबीच भएको सम्झौताबमोजिम नेपाली सेनाले कजानमा निर्मित हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको थियो ।
नेपाली सेनाको हवाई महानिर्देशनालयका उपरथी शतिसचन्द्र शाह केही प्राविधिकहरूको टोली लिएर खरिद प्रक्रियालाई अन्तिम रूप दिन केही दिनअघि रुस गएका हुन् ।
नेपालबाट गएको सेनाको प्राविधिक टोलीले खरिद सम् झौताअनुसार हेलिकोप्टर तयार भए–नभएको लगायत परीक्षण गरेपछि जेठ २६ गते दुई हेलिकोप्टर नेपाल आउने जनाइएको छ ।
नेपाली सेनाले रुसी कम्पनी रोसोबोरोनेक्सपोर्टसँग दुईवटा एआई १७ भी ५ हेलिकप्टर खरिद गर्ने सम्झौता गरेको थियो । नेपाली सेनाले नयाँ कार्यविधि बनाएर २०७० पुस ४ गते रुसी कम्पनीसँग हेलिकोप्टर खरिद गर्ने सम्झौता गरेको थियो ।
तात्कालीन मन्त्रिपरिषद्ले २०७० कात्तिक १४ गते नेपाली सेनालाई राष्ट्रको सुरक्षा र प्रतिरक्षाका लागि उपयुक्त हुने भन्दै यी दुई जहाज खरिद गर्ने स्वीकृत दिएको थियो ।















प्रतिक्रिया