काठमाडौं, ९ वैशाख । भूकम्पमा परिवारका सदस्य गुमाएका र घर भत्केका नेपाली मलेसियाबाट धमाधम फर्कन थालेका छन् । अस्थायी घर बनाउन र परिवारलाई ढाडस दिन उनीहरू फर्कन थालेका हुन् ।
पाँच लाखभन्दा बढी नेपाली कार्यरत मलेसियाबाट फर्कनेहरूमध्ये अधिकांश छुट्टी लिएर गएका हुन् ।
केही करार सकेर फर्कने पनि छन् । विमान कम्पनीका प्रतिनिधिअनुसार भूकम्पपछि नेपाल फिर्नेहरूको चाप बढ्दो छ । भूकम्पमा परि परिवारका सदस्य गुमाएकालाई सरकारले हवाई टिकट उपलब्ध गराए पनि कम्पनीले छुट्टी नदिएको गुनासो लिएर आउनेहरू बढेको नेपाली दूतावासले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।















प्रतिक्रिया