काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पबाट घर धरापमा परेका २६ स्थानमा प्रहरीले सवारी सधान चलाउन रोक लगाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बसपार्कमा ५ र न्युरोडभित्र जनसेवा प्रहरी वृत्त आसपासका ५ फरक कुनामा सवारी निषेध गरेको हो ।
यस्तो रोक पुरातात्त्विक महत्त्वका सार्वजनिक स्थल र कालिमाटीको भित्री गल्लीमा पनि लगाइएको छ ।
कमलपोखरीका ३ र कालिमाटीका भित्री गल्लीमा सवारी प्रवेश निषेध गरिएको छ । कीर्तिपुरका दुई स्थानमा पनि गाडी चलाउन नपाइने प्रहरीले जनाएको छ । स्वयम्भू, गट्ठाघर, ठमेल, एयरपोर्ट, सुकेधारा, महाराजगन्ज, मंगलबजार, कपन र थानकोटका विभिन्न विन्दुमा पनि सवारी रोकिएको छ ।















प्रतिक्रिया