३० आश्विन २०८३, शुक्रबार

सीके राउत र सरिता गिरीलाई देश निकाला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीके र सरिता देश निकाला हुनुपर्छ ।
सम्मान स्वरुप जुत्ताको माला हुनुपर्छ ।।

जथाभाबी थुतुनो चलाउँदैछन् देशद्रोही ।
कि त यी दुबैको मुखमा ताला हुनुपर्छ ।।

त्यति मात्रै गरेर नि नपुग्ला जस्तो छ ।
सके कालो मसो दलेका गाला हुनुपर्छ ।।

कुरा सबै प्रष्ट छ किन मौन छ सरकार ?
कुर्सीमा कारबाही गर्ने सोचवाला हुनुपर्छ ।।

जसले गर्छन् सहयोग बिपत्तिको घडीमा ।
समाजमा उनको नै बोलबाला हुनुपर्छ ।।

Man-bhadur-kc
मानबहादुर केसी (मुस्कान देउडाप्रेमी),  मंगलसेन- ४ अछाम हाल (फुजैराह यूएई)