३० आश्विन २०८३, शुक्रबार

‘दातृ निकायको सहयोगमा नयाँ नेपाल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-KOIRALA

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले दातृ राष्ट्रको सहयोगमा मात्रै देश पुनःनिर्माण हुने बताउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा पुनर्स्थापनाका विषयमा सम्बन्धीत निकायसँग छलफल गर्दै यस्तो निष्कर्षमा पुग्नुभएको हो ।

सामाजिक क्षेत्रका अगुवाले गाउँ तहसम्म कुनै पनि गैरसरकारी निकायको संस्थागत संरचना नभएकाले राहत सङ्कलन र वितरणमा सरकारी संयन्त्र नै प्रभावकारी हुने बताउनुभयो ।

तर त्यसका लागि विदेशी सहयोग सरकारसँग हुनुपर्ने सुझाव पनि दिएका थिए । प्रधानमन्त्री कोइरालाले नेपाल सधैँ सङ्घर्ष, तदर्थवाद र सङ्क्रमणबाट गुज्रिनुपरेकाले हर क्षेत्रमा संस्थागत विकास हुन नपाएको उल्लेख गर्दै स्रोत साधन र पर्याप्त दक्ष जनशक्तिको अभावमा पनि नेपालमा भएको खोजी, उद्धार र राहतको विकसित मुलुकका प्रतिनिधिले समेत प्रशंसा गरेको बताउनुभयो ।

दातृ निकायको सहयोगमा नै पुनर्निर्माणको काम अघि बढेर नयाँ नेपाल बन्ने प्रधानमन्त्री कोइरालाको दाबी छ । उहाँले नेपालको पुनर्निर्माणमा सघाउन सबै दातृ निकाय तयार रहेको भन्दै नेपालको भविष्य उज्जवल रहेको बताउनुभयो ।