२९ आश्विन २०८३, बिहिबार

सीके राउत मधेशी नै हैनन्, किन मधेशमा षडयन्त्र गर्दैछन् ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ck-Rawat
हामीलाई मधेशी हुनुमा धेरै गर्ब छ । तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा र हुनु पनि पर्यो । तर, तपाई कहिले नेपाल आमालाई रण्डी भन्नुहुन्छ त, कहिले पहाडी दिदीबहिनीहरुलाई । आखिर किन त ? के उनीहरु जस्ता हाम्रा दिदीबहिनी छैनन त ? के पहाडीहरुसँग लेख्ने र बोल्ने आँट छैन त ? पक्कै पनि छ तर तपाईको जस्तो संकीर्ण सोच छैन उहाँहरुको ।

नेपालमा संघीयता जरुरी छ र हुनुपर्छ । देश बिकास एबम् सम्पूर्ण उत्पीडितहरुको अधिकारको सुनिश्चितताको लागी संघियता जरुरी छ । स्वर्गीय गजेन्द्रनारायण सिंहले सुरु गर्नु भएको संघीयताको मुद्धा आज देशको मुद्धा बनेको छ र हामी धेरै अगाडि पनि बढिसकेका छौ । तपाईको स्वतन्त्र मधेशको मागले गर्दा संघीयतालाई पनि धेरै असर परेको छ ।

मलाई एउटा कुरा जान्ने इच्छा छ धेरै दिनदेखि कि तपाई को हुनुहुन्छ ? तपाईको राजनीतिक इतिहास के छ त ? तपाईको राजनीतिक अनुभव के छ त ? मैले थाहा पाए अनुसार तपाई पीएचडी गर्नुभएको छ र बिदेशमा बैज्ञानिक हुनुहुन्थ्यो ।

हामीलाई तपाईँको शैक्षिक बौद्धिकतामा पनि धेरै गर्ब लाग्छ कि हाम्रो मधेशमा यस्ता पनि बौद्धिकता भएका ब्यक्तिहरु छन् भनेर । तर, घृणा छ तपाईको स्वतन्त्र मधेशको संकीर्ण सोचले गर्दा ।

अर्को कुरा के तपाईलाई कसैले हेर्दा मधेशी भन्छन त ? के तपाईको हुलिया छ त मधेशी जस्तो ? पक्कै भन्दैन किनकी तपाई मधेशी हुनु नै हुन्न । नामको पछाडि राउत जोडिएर मात्र मधेशी हुन्न ? हामी मधेशीको बेग्लै पहिचान छ, तर त्यो पहिचान तपाईँमा झल्कदैन ।

२–३ बर्ष पहिला बिदेशबाट आएर स्वतन्त्र मधेशको मागलाई अगाडि बढाएर नेपाल वा मधेशको राजनीतिक बृतमा आफूलाई चर्चित बनाउन सफल हुनुभयो र मधेशका कर्णाधारहरु (मेडिकल, ईन्जिनियरिङ र राजनीति क्षेत्रमा रहेका) लाई आफूतिर आकर्षित गर्नुभयो । आफू चाँहि नेता हुने बिशेष शक्तिको इशारामा बिभिन्न राजनीतिक अराजक गतिबिधिहरु गर्न ती युवाहरुलाई प्रयोग गर्नाले के ती युवाहरुको भबिश्य उज्जवल छन त ?

अहिलेको अबस्थामा मधेश स्वतन्त्र भई नै हाल्यो भन्ने कहाँ पढछन त्यहाँका बालबालिकाहरु ? कहाँ उपचार हुन्छ हाम्रा मधेशी जनताहरुको ? कुन सडक भएर हामी छिटो भन्दा गन्तब्यमा पुग्छौ ? के छन त हामीसँग ? राम्रा बिद्यालय, अस्पताल, सडक पक्कै छैन । के तपाईलाई मधेशको मसिहा बनाउन मात्रै स्वतन्त्र मधेश हुनुपर्यो ?

तपाईँ याद गर्नुस त कि जुनबेला तपाईँ स्वतन्त्र मधेशको कुरा गर्नु भो, जुन बेला तपाई जेलमा जानु भो, त्यो समयको जनसमर्थन र आजको मा कति फरक छ । आखिर किन घटयो त ? बिचार गर्नुुस ।

के तपाई वा तपाईको परिवार एबम् स्वतन्त्र मधेश गठबन्धनका सदस्यहरु नेपाली नागरिकता त्याग्नु भएको छ वा जलाउनु भएको छ ? यदि छैन भने जलाउने वा त्याग्ने हिम्मत छ त ? स्वतन्त्र मधेशको कुरा गरेर नेपाली भनेर पहाडी समुदायलाई गाली गर्नुहुन्छ यसको असर के हुन्छ भन्ने थाहा छ त ? तपाईको यो संकीर्ण सोचले गर्दा काठमाडौँमा बसेर दैनिक जीबनजीबिका चलाइरहेका मधेशीहरु, बिभिन्न कलेजमा पढिरहेका भाइबहिनीहरुमा के असर पर्छ भनेर सोच्नु भएको छ ?

हाम्रो तर्फबाट हजुरलाई बिनम्र अनुरोध छ कि यो स्वतन्त्र मधेशको आन्दोलनलाई रोकेर त्यस आन्दोलनमा भइरहेको खर्च मधेश बिकासमा लगाउनुस । मधेशमा सडक, बिद्यालय, अस्पताल बनाउनुस तपाईँ आपरुपी मधेशको नेता बन्न सक्नु हुन्छ, मधेशको मसीहा बन्न सक्नु हुन्छ ।

काम गर्नुस, अराजकता नफैलाउनुस, बिकासमा केन्द्रित हुनुुस । यही छ सुझाव ।

धन्यवाद ।

बिकासकुमार ठाकुर
अध्यक्ष, हिन्दु युवा जनशक्ति संघ–नेपाल
काठमाडौं