१५ कार्तिक २०८३, आइतबार

गोरखाका भूकम्पपीडितलाई बाबुरामको राहत प्याकेज, के के छ प्याकेजमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattarai-gorkha2गोरखाबजार, ८ जेठ । पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा बाबुराम भट्टराईले भूकम्पपीडितलाई तत्काल रु १५ हजार राहत रकम उपलब्ध गराउन स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ ।

भूकम्पपीडितले जस्तापाता किन्न नपाएको भन्दै उहाँले गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनालाई भेटेर टहरो छाउने जस्तापाता खरिदका लागि घोषित रकम वितरण गर्न आग्रह गर्नुभएको हो ।

“ सरकारले भूकम्पपीडितलाई राहतस्वरुप उपलब्ध गराउन घोषणा गरेको रु रु १५ हजार तत्काल दिनूहोस्” भूकम्पको केन्द्रबिन्दु बारपाक हुँदै लाप्राक गाउँको अवस्थाबारे जानकारी लिएर आज सदरमुकाम आउनुभएका नेता भट्टराईले भन्नुभयो, “बर्खा आइसक्यो, त्रिपालले बर्खा थेग्दैन ।” बारपाक, लाप्राकका भूकम्पपीडितले जस्तापाताको माग गरेका जानकारी पनि दिनुभयो ।

“अस्थायी टहरो निर्माणका लागि प्रत्येक घरधुरीलाई १५ हजारका दरले रकम दिनूस्”– उहाँले भन्नुभयो, “राहत रकम वितरण तत्कालै गर्नुप¥यो भनेर सरकारलाई म पनि आग्रह गर्छु ।” पन्ध्र हजारले जस्तापाता खरिद गर्न पनि नपुग्ने भन्दै भट्टराईले स्थायी संरचना निर्माण गर्दा नयाँ नीति बनाएर अघि बढ्ने बताउनुभयो छ ।

“बारपाकको मुख्य बस्तीमा फेरि बस्ती बसाउन सकिन्छ भनेर भूगर्भविद्ले भन्नुभएको छ”, उहाँले भन्नुभयो, “लाप्राक र गुम्दा गाउँमा अब बस्ती बसाउन सकिन्न । डाँडा चिराचिरा परेको छ ।” अस्थायी रुपमा टहरो निर्माण गरेर भूकम्पपीडितलाई राख्नुपर्ने भन्दै उहाँले स्थायी रुपमा कहाँ राख्ने भन्नेबारे भौगोलिक अध्ययनपछि टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।

दूधपोखरीदेखि मस्र्याङ्गदी योजना बनाएर बस्ती विकास गर्नुपर्ने भन्दै उहाँले एक बस्ती एक वडा योजना लागू गर्नुपर्ने बताउनुभयो । भट्टराईले गृह गाविस गोरखाको खोप्लाङको विकासबारे आफूले कार्ययोजना बनाउने भन्दै भूकम्पपीडित स्थानीयवासीलाई चिन्ता नलिन आग्रह गर्नुभएको छ ।

आजै नेता भट्टराईले एमाओवादीले सुरु गरेको राष्ट्रिय श्रम अभियानको उद्घाटन पनि गर्नुभयो छ । गोरखा नगरपालिका–४ पस्लाङको शिवशक्ति प्राथमिक विद्यालयको भवन पुनःनिर्माण अभियानमा सहभागी भएर उहाँले अभियानको सुरुवात गर्नुभएको हो ।

भूकम्पीडितको अवस्था बुझ्न मन्त्री गुरुङ पनि गोरखामा
भूकम्पपछिको अवस्था तथा राहत एवम् उद्धारका कामबारे स्थलगत अनुगमन गर्न श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ गोरखा आउनुभएको छ ।

भूकम्पपीडितले राहत पाए÷नपाएको र भूकम्पले पु¥याएको क्षतिबारे उहाँले जिल्लाको विभिन्न गाविसमा पुगेर अध्ययन, अनुगमन गर्ने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । स्थानीय प्रशासनले गरेका कामबारे राज्यमन्त्री गुरुङलाई गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी गराउनुभएको थियो ।