
काठमाडौं, ८ जेठ । जनता बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत(सीइओ)को पद पुर्ती भएको छ । बैंकले जेठ ११ गतेदेखि काम शुरु गर्ने गरी कुमार लम्साललाई सीइओको जिम्मेवारी प्रदान गरेको हो ।
सानिमा र प्रभु बैंक लिमिटेडको सिइओ बनिसकेका लम्साल अहिले जनता बैंकको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् । डा. रमेश भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सीइओको कार्यभार अव लम्सालले सम्हाल्ने भएका हुन् ।
बैंकिङ क्षेत्रको २४ वर्षभन्दा लामो अनुभव संगालेका लम्सालले नेपालको वित्तीय बजार र प्रणालीको विज्ञाता हासिल गरेका छन् । लम्साल आगामी चार वर्षसम्म उक्त बैंकमा रहन पाउनेछन् ।















प्रतिक्रिया