काठमाडौं, ८ जेठ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले भूकम्प पीडितको सहयोगार्थ साढे पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
संगठनले शुक्रबार उक्त राहत रकम नेकपा एमालेको प्राकृतिक विपत्ति राहत कोषलाई हस्तान्तरण गरेको छ ।
एमाले पार्टी कार्यालय मदननगर बल्खु परिसरमा अवस्थित महाभूकम्प पीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिको कार्यालयमा पार्टी महासचिव तथा केन्द्रीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई संगठनका अध्यक्ष चन्द्र रिजालले चेक हस्तान्तरण गर्नुभयो । संगठनले केही त्रिपाल र म्याट्रेस समेत भूकम्प पीडितहरुका लागि संकलन गरी पार्टीलाई हस्तान्तरण गरेको छ ।
उक्त सहयोग रकम ग्रहण गर्दै संयोजक पार्टी महासचिव ईश्वर पोखरेलले पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीहरुको संगठनले यस अभियानमा गरेको सहयोगका लागि धन्यवाद दिंदै पार्टीले आफ्नो कोषमा संकलित रकम पीडितमाझ पुर्याएर राहतको अनुभूति गराउने विश्वास दिलाउनुभयो ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले एमालेको प्राकृतिक विपत्ति राहत कोषको (कृषि विकास बैंक कालिमाटी शाखा) खाता नं. ०२१०३००७१७९१७०१० मा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरेको हो ।
पार्टीका केन्द्रीय सचिव तथा राष्ट्रिय स्वयंंसेवक परिचालन समितिका संयोजक गोकर्ण विष्ट, केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराई, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र पर्यटन प्रवद्र्धन विभागका प्रमुख तथा सम्बद्ध संगठनका इन्चार्ज सूर्य थापाको विशेष उपस्थिति रहेको थियो । संगठनका पदाधिकारी र सदस्यहरु एवं पर्यटन व्यवसायीहरुको पनि उक्त अवसरमा उपस्थिति थियो ।
















प्रतिक्रिया