काठमाडौं, ८ जेठ । वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा पाँच सेकेन्डमै काठमाडौं सहर डेढ मिटर पर सरेको पत्ता लागेको छ । ५० सेकेन्डभन्दा लामो भूकम्पको धक्का महसुस गरे पनि काठमाडौं भने पाँच सेकेन्डमै दक्षिण पश्चिम सरेको अमेरिकी वैज्ञानिकले पत्ता लगाएका हुन् ।
अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक रोजर बिहामले संसारमा यति छोटो समयमा यति ठूलो सहर सरेको उदाहरण नभएको बताए । उनले भने,‘पाँच सेकेन्डमा काठमाडौं डेढ मिटर सरेको छ । यो संसारको कुनै पनि राजधानीमा भएको छैन ।’वैज्ञानिकहरुलाई जमिन हल्लाइ र काठमाडौं सर्नुको कारण पत्ता लगाउन अप्ठ्यारो भइरहेको पनि उनले बताए ।
भूकम्पमाथि छलफल गर्न काठमाडौं आएका बिहामले काठमाडौंमा भूकम्पमा धेरै व्यहबहारले आफूहरु अचम्ममा परेको बताए । काठमाडौंभन्दा उत्तरतर्फको भूभाग अग्लो भएको उदाहरण दिँदै उनले भूकम्पको धक्काले काठमाडौंलाई कोल्टे बनाएको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया