३ कार्तिक २०८३, मंगलबार

विद्यालयमा पढाइ कहिले हुन्छ अझैं पत्तो छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sundhupalchok-schoolसिन्धुपाल्चोक, ८ जेठ । महाभूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका सबै शैक्षिक संस्था ध्वस्त भएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने देखिएको छ ।

जिल्ला शिक्षा कार्यालय तथा शिक्षक राहत वितरणलगायत काममा अल्झिनुपर्दा महाभूकम्पपछि विद्यालय सञ्चालनबारे पूर्वतयारीसम्म हुन सकेको छैन ।

सरकारले अभिनयथेरापी विधिबाट भए पनि जेठ १७ देखि विद्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएपछि कार्यालयलाई दबाब परेको छ ।

कार्यालयले अझै विद्यालय सञ्चालनबारे भरपर्दो विकल्प भने भेट्टाउन सकेको छैन । कारण– जिल्लाका कुनै पनि विद्यालयको भवन सग्लो छैन ।

आपतमा काम चलाउन मिल्ने कुनै सामुदायिक भवनलगायत संरचना बचेका छैनन् ।

विद्यालयका चौर र अन्य खुला जमिनमा भूकम्पपीडितले सेल्टर बनाएको नागरिक दैनिकले छापेको छ ।