३ कार्तिक २०८३, मंगलबार

‘भूकम्पका बेला काठमाडौं सहर पाँच सेकेन्डमै डेढ मिटर सरे छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goganbu-Bhukampa5काठमाडौं, ८ जेठ । वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा पाँच सेकेन्डमै काठमाडौं सहर डेढ मिटर पर सरेको पत्ता लागेको छ ।

५० सेकेन्डभन्दा लामो भूकम्पको धक्का महसुस गरे पनि काठमाडौं भने पाँच सेकेन्डमै दक्षिणपश्चिम सरेको अमेरिकी वैज्ञानिकले पत्ता लगाएका हुन्।

अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक रोजर बिहामले संसारमा यति छोटो समयमा यति ठूलो सहर सरेको उदाहरण नभएको बताए।

उनले भने, ‘पाँच सेकेन्डमा काठमाडौं डेढ मिटर सरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। यो संसारका कुनै पनि राजधानीमा भएको छैन।’

वैज्ञानिकहरूलाई जमिनको हल्लाइ र काठमाडौं सर्नुको कारण पत्ता लगाउन अप्ठ्यारो भइरहेको पनि उनले बताए।

भूकम्पमाथि छलफल गर्न काठमाडौं आएका बिहामले काठमाडौंमा भूकम्पका धेरै व्यवहारले आफूहरू अचम्ममा परेको बताए।

काठमाडौंभन्दा उत्तरतर्फको भूभाग अग्लो भएको उदाहरण दिँदै उनले भूकम्पको धक्काले काठमाडौंलाई कोल्टे बनाएको बताए।

‘एकातिर भिरालो र अर्कोतिर उच्चा भएको छ। यसले पानीको सतहमा पनि फेरबदल ल्याएको छ’, बिहामले भने।