१५ कार्तिक २०८३, आइतबार

धादिङमा अर्काे भूकम्पको झड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa

काठमाडौँ, ७ जेठ । गत वैशाख १२ गतेदेखि आजसम्म चार लोकल म्याग्निच्युडभन्दा माथिका २५३ पराकम्पन गएका छन् ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार आज तीन पराकम्पन गएका छन् ।

पछिल्लो समय साँझ ७ बजेर ३० मिनेट जाँदा धादिङ् केन्द्रबिन्दु भएर ४.० लोकल म्याग्निच्युडको पराकम्पन गएको छ । त्यसअघि, दिउँसो २ बजेर ५६ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.० र २ बजेर ११ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ लोकल म्याग्निच्युडका पराकम्पन गएका थिए ।

पछिल्लो समयमा भूकम्पका पराकम्पन घट्दै गएका छन् । काठमाडौँ उपत्यकासहित भूकम्पप्रभावित जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । रासस