२९ आश्विन २०८३, बिहिबार

एन्फाद्वारा पत्रकार महासङ्घलाई राहत सामग्री हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Thapa

काठमाडौँ, ७ जेठ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल पत्रकार महासङ्घलाई एकसय त्रिपाल आज हस्तान्तरण गरेको छ ।

पत्रकार महासङ्घको कार्यालय सिनामङ्गलमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष तथा सभासद् गणेश थापा तथा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टलाई संयुक्तरुपमा ती सामग्री प्रदान गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष थापाले देशमा विपत्ति आएका बेला सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको भन्दै पत्रकारको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भूकम्पबाट करिब एक हजार पत्रकार प्रत्यक्ष प्रभावित भएकोमा २८ ले आफन्त गुमाएको र एक जना सञ्चारकर्मीको मृत्यु भएको जानकारी दिनुभयो । रासस