
– विश्वास खड्काथोकी
भक्तपुर, ७ बैशाख । टिन बेरिएको घर । एकातिर प्लास्टिक, अर्कोतर्फ ढोका । एउटै तर फराकिलो कोठा । एकातिर खाना पकाइएको भाडा छरपस्ट छन्, त्यसको नजिकै ओछ्यान छ । भन्न त यसलाई अस्थायी टहरा भनिन्छ । तर, यतिबेला भक्तपुर, अनन्तलिंगेश्वर नगरपालिका १० की रजिना न्योपानेलाई यही टहरा महल बनेको छ । यहाँ बस्न पाएकोमा उनी कति हो कति खुसी छिन् ।
उनी यहाँ बस्न थालेको मात्र तीन दिन भयो । यसकारण पनि उनी खुसी छिन् कि उनको गर्भ बसेको ९ महिना भैसकेको छ । उनको घर भने गत वैशाख १२ गतेको बिनाशकारी भूकम्पले भग्नावशेष बनाइदियो । त्यसपछिको तीन हप्ता त्रिपालमुनि गुजारिन् । दुई ज्यानकी शरिर, त्यसमाथि पनि पालबाट पानी चुहिँदा… ।
उद्योगमन्त्री महेश वस्नेतको एक्लो पहलमा यस्तो घर निर्माण भएको हो । उनले गोजीबाट तीन लाख रुपैयाँ झिकेर यस्तो अभियान थाले । जुन उदाहरणीय छ । अहिले उनको अभियानमा साथ दिनका लागि थुप्रै हातहरु आउन थालेका छन् । यसैले त भक्तपुरमा मात्र एक हजार घर निर्माण गरिदिने लक्ष्य बनाएका छन् ।
अन्तरलिङमा यस्तै ६५ वटा आधुनिक टहरा निर्माण भइसकेका छन् । यहाँका कतिले यी टहरामा बास बसाइसकेका छन् त कोहीले सिंगार्दैछन् । अन्तलिंगेश्वर ध्वस्त छ । पालमुनिको बस्ती अब टहरामा पुग्दैछ ।
उद्योगमन्त्री महेश वस्नेतको एक्लो पहलमा यस्तो घर निर्माण भएको हो । उनले गोजीबाट तीन लाख रुपैयाँ झिकेर यस्तो अभियान थाले । जुन उदाहरणीय छ । अहिले उनको अभियानमा साथ दिनका लागि थुप्रै हातहरु आउन थालेका छन् । यसैले त भक्तपुरमा मात्र एक हजार घर निर्माण गरिदिने लक्ष्य बनाएका छन् । मन्त्री बस्नेत भन्छन्, ‘यो अभियानमा मेरो ७ लाख लगानी भैसकेको छ । मानवीय नाताले मैले यस्तो काम शुरु गरेको हुँ ।’

उनीहरुले निर्माण गरेको घरको नमुना नेपालकै पहिलो हो । जुन युनिक छ । अहिले यस्तो घरको निकै नक्कल हुन थालेको छ । महेश बस्नेतकै पहलमा अफगानिस्तानका चार जना प्राविधिक झिकाएर यस्तो घर निर्माण गर्न थालिएको हो । बस्नेत भन्छन्, ‘हामीले संसार भरको अबस्था हे¥यौँ । अफगानिस्तानमा भूकम्प जाँदा अमेरिकी टोली आएर यस्तो घर निर्माण गरिदिएको रहेछ । त्यस्तो कुरा थाहा पाएपछि हामीले लेलेबाट प्राविधिक झिकाएर काम शुरु ग¥यौँ ।’
लेलेका प्राविधिकले गरेकै देखेर अनन्तलिंगेश्वरका स्थानीयहरुले काम जानिहाले । अनि धमाधम आधुनिक टहरा निर्माण गर्न थाले । श्रमदान बाहेक १० हजार ५ सयको लागतमा यस्तो घर निर्माण हुने गर्दछ । घर निर्माणमा खटिदै आएका राजन न्यौपानेले भने, ‘बिहान ७ बजेदेखि बेलुका ६ बसेसम्म १० जनाले १५ वटा घर निर्माण गर्न सकिन्छ ।’ यस्तो घर कम्तीमा २ वर्ष टिकाउ हुने उनी बताउँछन् ।
‘हुनेबाट लिउँ, नहुनेलाई दिउँ’
महेश बस्नेतले गत बैशाख २९ गतेको भूकम्प भक्तपुरमै सामना गरे । भूकम्प आउँदै गर्दा, उनी राहत वितरण गर्दै थिए । २ सय ५० वटा पाल र १ सय ४० बोरा चामलको रासमा थिए, बस्नेत । बस्नेत भन्छन्, ‘हामीले सामान गोदाममा राख्यौँ र बेलुकी पख घर–घरमा पुगेर बास्तविक पीडितहरुलाई राहत दियौँ । पछि यस्तो भैदियो, सबै हामीलाई खोज्दै आउन थाले । तर आएका कसैलाई पनि खाली हात फर्काएनौँ ।’ मन्त्री बस्नेतलाई घरवारविहीनहरुको पीडाले छोयो, अनि टहरा निर्माण अभियान शुरु गरे । साथ दिए स्थानीय युवाले । बस्नेत बोल्दै जान्छन्, ‘संस्थागत रुपमा जानुपर्छ भन्ने साथीहरुको सल्लाह अनुसार यहाँका युवाहरुलाई समेटेर मानविय आस्था नेपाल नामक संस्था गठन गरियो अहिले त्यही संस्थाबाट कम भइरहेको छ ।’ उक्त संस्थाको संरक्षक हुन्, मन्त्री बस्नेत । श्रीकुमार रञ्जितले अध्यक्षको बागडोर सम्हालेका छन् भने रविन्द्र सापकोटा महासचिव र सुनिता सिलवाल सचिवको भूमिकामा रहेका छन् ।
बस्नेत भन्छन्, ‘हामी मानवियताका नाताले सहयोगमा जुटेका छौँ । यस्तो बेला सबै आस्थाभन्दा मानवीय आस्था ठूलो हो । त्यसैले हामीले संस्थाको नाम पनि मानविय आस्था नेपाल नै राख्यौँ र काम अगाडि बढाइरहेका छौँ ।’ उसो त संस्थाको नारा नै ‘हुनेबाट लिउँ, नहुनेलाई दिउँ’ भन्ने छ ।

जब महेश बस्नेतले ३ लाख झिके, लग्जम्बरका एनआरएनए अध्यक्ष रमेश तोयनाले र डा.दिपेन्द्र श्रेष्ठले एक–एक लाख सहयोग गरे । अनि पाँच लाखबाट यस्तो अभियानको शुरुवात भयो । अहिले भने विभिन्न सिमेन्ट कम्पनीदेखि विदेशी कम्पनीहरु समेत ५० देखि ५ सयसम्म घर निर्माण गरिदिने प्रतिबद्धता जनाइसकेका छन् ।
‘भक्तपुर हामीले बनाउँछौ’
पहिला भक्तपुर बनाउने अनि नेपाल बनाउने भन्ने अभियानमा लागेको छ, मानविय आस्था नेपाल । मन्त्री बस्नेत भने सिंगो भक्तपुरनै आफुहरुले बनाइदिने बताउँछन् । भन्छन्, ‘मैले पहिलानै भनेको थिएँ, यहाँको संस्कृति हेरियो तर सुरक्षा हेरिएन । अहिले आएर त्यो कुरा प्रमाणित भएको छ । अब यहाँका युवाहरुलाई परिचालन गरेर अब हामीले भक्तपुर बनाउँछौ । संस्कृतिलाई जोगाउँदै यो कार्यमा अगाडि बढिसकेका छौँ ।’
सुरुमै किन रोजियो अन्तरलिंगेश्वर ?
मन्त्री बस्नेत भन्छन्, ‘अन्तलिंगेश्वरमा विपन्न परिवार बस्दा रहेछन् । दलित बस्तीहरुमा त एनजिओ, आइएनजिओहरु पुगिहाल्छन् । तर यो ब्राह्मण र पिछडिएको बस्तीमा को पुग्ने ? उसो त राजधानी नजिकै रहे पनि यो बस्ती बिकट । यस्तो ठाउँमा कसैलको आँखा नपर्ने देखेर हामीले त्यहाँबाट काम शुरु ग¥यौँ ।’ सोमबार मात्र उक्त संस्थाले भक्तपुर नगरपालिका–२, को च्यामासिंङमा ५० वटा घर निर्माण गरेको छ । भूकम्पपीडितलाई ५ हजार घर निर्माण गरिदिने योजना रहेको संस्थाका महासचिव रविन्द्र सापकोटाले बताए ।
अहिले त्यहाँका बासिन्दा निकै खुसी छन् । भूकम्पको क्षतिले हायलकायल भएका उनीहरुलाई नयाँ संसारनै भेटेजस्तो अनुभव भएको छ ।



















प्रतिक्रिया