काठमाडौं, ७ जेठ । बुधबार दिउँसो काठमाडौंलाई केन्द्रविन्दु बनाएर गएको कडा भूकम्पपछि विहीबार फेरि दुई वटा भूकम्प कम्पन भएका छन् ।
भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंमा कडा धक्का महसुस भएको २४ घण्टापछि विहीबार दिउँसो २ बजेर ११ र २ बजेर ५७ मिनेटमा अलग-अलग जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
२४ घण्टापछि आएको भूकम्पको पहिलो धक्का दोलखामा ४.२ रेक्टर स्केलको महसुस भएको थियो । दोस्रो भूकम्प नुवाकोटलाई केन्द्रविन्दु बनाएर २ बजेर ५६ मिनेटमा ४ रेक्टर स्केलमा कम्पन भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
यसअघि काठमाडौंलाई केन्द्रविन्दु बनाएर बुधबार दिउँसो २ बजेर ४७ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्पको कडा धक्का महसुस गरिएको थियो ।












प्रतिक्रिया